हाम्रा नेताहरूमा अनुभव र त्यागको ज्यादै कमी देखिएको छ । हाम्रा यी नेताहरूमा अनुभव र त्यागको कमी भएको कारणले गर्दा नै नेपाली राजनीति कहिले स्थिर हुन सकेको छैन ।२०४६।४७ सालमा भएको राजनीतिक परिवर्तनदेखि नै नेपालको राजनीति अति अस्थिर रहँदै आएको छ । नेपाल अहिले जुन किसिमले अस्थिर छ त्यस्तो अस्थिरता पञ्चायतकालमा पनि देखिएको थिएन । आफूमा भएको कमजोरीहरूको कारणले गर्दा नेताहरूले नेपालको राजनीतिलाई स्थिरता दिन सकेका छैनन् । नेपालको राजनीति माली, हेइटी, लेवेनान, अफगानीस्तान को जस्तो अस्थिर हुनमा हाम्रा नेताहरूमा भएको अनुभव र त्यागको कमी प्रमुख जिम्मेवार देखिएको छ। हेइटीको राजनीति यतिसम्म अस्थिर छ कि विदेशबाट आएका अपराधीहरूले पनि त्यहाँका उच्च ओहदामा बसेका व्यक्तिहरूको हत्या गर्न सक्छन। स्मरण रहोस हेइटीका राष्ट्रपतिको केही दिन पहिले उनकै निवासमा हत्या भएको थियो। हेइटीको प्रहरीले राष्ट्रपतिको हत्यामा विदेशी अपराधीहरू संलग्न रहेको दाबी गरेको छ । यस्तै स्थिति लेबेनानको पनि छ। त्यहाँका नेताहरूमा अनुभवको कमीले गर्दा लेवनान कहिले स्थिर हुन सकेको छैन । लेवेनानका केही नेता इरानको मोहरा बनेका छन भने केही पश्चिमी राष्ट्रहरूको। लेवेनानका केही तर प्रभावशाली नेताहरूमा आफ्नो देशको हितको लागि कम विदेसी सक्तिको हितका लागि बढी काम गर्ने प्रवृतिले गर्दा लेबेनान लामो समयदेखि अति स्थितर रहँदै आएको छ । लेवेनानको आर्थिक स्थिति धरासाही हुन पुगेको छ भने महँगीले आकास छोएको छ । लेवेनानीहरूको आर्थिक जीवन अहिले अकल्पनीय किसिमले कष्टकर हुन पुगेको छ । यसैगरी, अफगानिस्तानलाई सदा सर्वदा अस्थिर तुल्याउनमा त्यहाँका नेताहरूमा भएको अनुभवहीनता प्रमुख जिम्वेबार देखिएको छ। मुख्यगरी अनुभवहीन एवं अदूरदर्शी तालिवान (धार्मिक नेता) हरूले अफगानिस्तानलाई अस्थिर तुल्याएका छन। हरेक समस्याको समाधन केवल बन्दुक र शक्तिद्वारा मात्र देख्ने तालिवानहरूले अफगानिस्तानलाई यतिसम्म अस्थिर र कमजोर पारे कि अफगानिस्तान एक स्वतनत्र राष्ट्रको हैसियतमा रहन पनि कठिन भयो। अफगानिस्तानमा हस्तक्षेप गर्न अनेक देशका सेनाहरू पसे । अहिले फैलिएको ताजा खबर, विदेशी सेनाहरू र प्रमुख रुपमा अमेरिकी सेनाहरूले केही महिना भित्रमा अफगानिस्तान छाड्ने, ले सामान्य अफगानीहरूको चिंता बढाएको छ । अफगानी सरकारले एक्लैले देश भित्र शान्ति र सुरक्षा कायम गर्ने ताकत राख्दैनन । अर्कोतिर तालबानीहरूले अफगानिस्तानका अनेक स्थानहरूमा आक्रमण गरेर केन्द्रिय सरकारलाई कमजोर पार्दै आफूहरू सरकारमा जाने बाटो बनाउँदै छन। अनुभवहीन नेताहरुले देशलाई कति सम्म कमजोर पार्न सक्छन भन्ने तथ्यको ज्वलन्त उदाहरण अफ्गानिस्तान हो। त्यहाँका अदूरदर्शी नेताहरू हुन । हाम्रा नेताहरू आफूलाई अनुभवी, कुशल, दक्ष भन्ने गर्छन। तर उनीहरूको यो भनाईलाई उनीहरूको व्यवहारले नै असत्य प्रमाणित गरिदिएको छ। हाम्रा नेताहरूमा अनुभव एवं कुसलताको कमी छ भन्ने तथ्यको अनेक उदाहरणहरू छन्। ती अनेक उदाहरणहरूमध्ये एक उदाहरण हो कुनै पनि राजनीतिक समस्याको समस्याको समाधान नेताहरू मिलेर स्वयं खोज्नुको सट्टा हाम्रा नेताहरू घरि घरि न्यायालाय (सर्वोच्च अदालत) पुग्नु।संवैधानिक व्यवस्था अनुरुप भएका ऐन, कानून, व्यवस्थाका आधारमा न्यायालयहरूले न्याय दिनु हो। न्यायालयको कार्य न्याय दिनु हो राष्ट्रिय राजनीतिमा संलग्न हुनु होइन। तर हाम्रा नेताहरूमा भएको अनुभवहीनताको कारणले गर्दा न्यायालयहरू पनि राजनीतिक मुद्दाहरूमा अल्झिनु पर्ने बाध्यता सृजना भएको छ। जबकी राजनीतिक समस्याहरूको समाधान स्वयं नेताहरुले गर्नु पर्ने हो । सर्वदलीय सहमतिद्वारा अनेक राजनीतिक समस्याहरूको सामधान खोजेर नेताहरूले देशको राजनीतिलाई स्थिरता दिनु पर्दछ। देशको राजनीतिलाई स्थिरता दिने प्रमुख जिम्मेवारी नेताहरूको हो, न्यायालयहरूको होइन। तर नेताहरू राजनीतिक मुद्दा वा समस्याहरूको समाधान पाउन न्यायालयतिर दौडिरहेका छन। एउटा पक्षले संसद विघटन गर्छ। अर्को पक्षले संसद विघटन हुनु हुँदैन भन्छ। कसको दावा ठिक हो भन्ने निर्क्यौलका लागि दुबै पक्ष न्यायालाय पुग्छन। कस्तो हास्यासदपद स्थिति? संसद विघटन ठिक वा वेठिकको निर्क्यौल वा राष्ट्रिय समस्याको समाधान नेताहरू स्वयंले गर्ने हो। पक्ष विपक्षका नेताहरू मिलेर यस किसिमका समस्याहरूको समाधान खोज्नु पर्छ। तर यस्तो गर्नुको सट्टा ठिक विपरित गर्नुले हाम्रा नेताहरूका अनुभव र कुशलताको कमी रहेको भन्ने तथ्यको प्रमाण सहित पुष्टि हुँदैन ? शेरबहादुर देउवा, रामचन्द्र पौडेल, माधव नेपाल, झलनाथ खनाल, केपी ओली जस्ता चर्चित नेताहरू, जसले कुनै समयमा देशमा सकारात्मक राजनीतिक परिवर्तन ल्याउनमा महत्पूर्ण भूमिका खेलेका थिए, मा अनुभव र कुसलताको कमी देखिएको छ। यी नेताहरूमा राजनीतिक कुशलता भएको भए देशलाई यसरी अस्थिर हुन दिन्थेनन। यी नेताहरुले, स्वयंले राष्ट्रिय समस्याहरूको समाधान खोज्नुको सट्टा त्यसलाई झन जटिल पार्नु र राजनीतिक समस्या समाधानका लागि घरि घरि अदालत पुग्नेले यी नेताहरूमा अनुभव र कुशलताको कमी रहेको तथ्यको प्रमाण सहित पुष्टि हुन्छ। हाम्रा नेताहरूमा अनुभवको कमी रहेको अर्को प्रमाणको पनि चर्चा गरौ। केही हप्ता पहिले नेपालका पाँच पूर्व प्रधान मन्त्रीहरूले नेपालमा विदेशीहरूको हस्तक्षेप बढ्यो भन्ने आशयको वक्तव्य जारि गरेका थिए। त्यो वक्तव्यको अर्थ र प्रकृति ज्यादै गम्भीर थियो। देशको सर्वोच्च पदमा असिन भएका नेताहरूले आफ्नो देशमा विदेशीहरूको हस्तक्षेप बढेको भन्नु आफ्नो देश राजनीतिक रुपमा ज्यादै कमजोर भएको स्वीकार गर्नु हो। आफू स्वयंले नै हाम्रो देश राजनीतिक रुपमा कमजोर छ भन्नु विदेशीहरूलाई राजनीतिक हस्तक्षेप गर्न नेपाल आउ भनी निमन्त्रण गर्नु सरह हो। यस्ता कुराहरू गरेरयी नेताहरूले आफूमा अनुभवको कामी रहेको पुष्टि मात्रा गरेन सामान्य नेपालीहरूलाई निरास एवं असुरक्षित रहेको अनुभूत समेत गराए। नेपालको ईतिहासले यी नेताहरूले गरेको यो भूल वा उनीहरूमा भएको अनुभवक कमीलाई कहिले भूल्ने छैन, यी पाँच पूर्व प्रमहरूले आफूलाई हामी राजनीति गर्नमा कुशल छौ भन्ने दावा गरेता पनि। अब हाम्रा नेताहरूमा रहेको त्याग भावको कमी बारे चर्चा गरौ। हाम्रा नेताहरू त्याग भाव छैन भने पनि हुन्छ। हालका नेताहरूमा त्याग भाव छैन भन्ने कुरा सप्रमाण भन्न सकिन्छ। माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दहाल, शेरबहारदुर देउवा लगात अनेक पहिलो पिढीका नेताहरू प्रम हुनका लागि अनेक प्रपञ्चमा लागेको देखिन्छ। यो ज्यादै निरासाजनक कुरा हो। हाम्रा नेताहरूमा भएको त्याग भावको कमी र पद लोलुपताले पनि नेपालको राजनीतिलाई अस्थिर पार्नमा मुख्य भूमिका खेलेको छ। जबकी यी नेताहरूले राजनीतिबाट सन्यास लिएर दोस्रो, तेस्रो पुस्ताका युवा युवतीहरूलाई कुशल नेता हुन प्रशिक्षण दिनु पर्ने हो। हाम्रा नेताहरूले राजनीतिबाट सन्यास लिएर समाज सेवामा लागेको उदाहरण ज्यादै कम वा शून्य वरारबर छ। अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले राजनीतिबाट सन्यास मात्र लिएका छैनन साथै आफूलाई समाजिक सेवमा समर्पित गरेका छन । २०४६।४७ सालमा राजनीतिक परिवर्तन भए पछि विभिन्न राजनीतिक दल (तत्कालीन सरकार विरुद्ध मिलेर आन्दोलन गर्ने दलहरू) का प्रभावशाली नेताहरुले नेपाली कांग्रेसका नेता (पछि राष्टका नै नेता हुन पुगेका) गणेशमान सिंहलाई प्रधान मन्त्री हुन आग्रह गरे। गणेशमान सिंहले महान् त्याग प्रदर्शित गर्दै आफू प्रधान मन्त्री हुन अनिच्छुक रहेको मात्र भनेनन, साथै कृष्णप्रसाद भट्टराईलाई नेपालको अन्तरिम प्रम बनाउन प्रस्ताव समेत पनि राखे। गणेशमान सिंहले ऐतिहासिक त्याग देखाए। पछि कृष्णप्रसाद भट्टराई नेपालको प्रम भए। गणेशमान सिंहले गरेको त्यो त्यागले त्यसबेला नेकालाई एकजुट हुन प्रेरणा र ऊर्जा दियो। साथै राष्ट्रिय राजनीतिले राम्रो निकास पाएको थियो । अहिलेका नेताहरूमा खोइ गणेशमान सिंह जस्तो त्याग? अहिलेका नेताहरू राति सुतेको बेलामा समेत पनि प्रम भएको सपना देख्छन। जागा रहेको बेलामा पनि प्रम हुनका लागि के कस्ता दाउपेंच गर्नु पर्छ भनी सोंच्नमा तल्लिन रहन्छन। अहिलेका नेताहरूमा त्याग भाव छैन। छ भने केवल शक्तिमा पुग्ने मोह। शक्ताली हुने अटुट लालस। अहिलेका नेताहरूमा त्याग भाव जाग्ने हो भने संकटग्रस्त नेपालको वर्तमान राजनीतिले तत्काल समस्याको समाधान पाउने थियो । हाम्रा नेताहरूमा रहेको, सरकारी खर्चमा उपचार गराउने, मोजमस्ती गर्ने, जहिले पनि शक्ति र पदमा रहिरहनेजस्ता स्वार्थी भावलेनेपालको राजनीतिलाई निरन्तर अस्थिर पारेको छ । अर्कोतिर भने नेताहरूमा त्याग भाव नआएसम्म देशमा राजनीतिक स्थिरता आउने स्थिति छैन। आशा गरौ, नेताहरूमा छिटै त्याग भाव पैदा होस। ज्यादै अस्थिर हुन पुगेको नेपालको राजनीतिले सिघ्र स्थिरता पाओस ।
विश्वराज अधिकारी
akoutilya@gmail=com
Sunday, July 11, 2021