रमेश कुमार यादब
म्ंसिर ०९, रौतहट
रौतहट जिल्लामा स्थानिय निर्वाचनको सरगर्मी चुलिँदै गएको छ । जिल्लाका विभिन्न क्षेत्रहरुमा उम्मेदवारहरुले आफ्नो पक्षमा जनसमर्थन जुटाउन दिनरात खटिरहेका छन् । विशेष गरी गढिमाई नगरपालिका(८, बिनगरामा चुनावी गतिविधि तीव्र रूपमा अगाडि बढिरहेको छ । शनिबार आयोजित एक पत्रकार सम्मेलनमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गढिमाई नगरपालिका(८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका साहेबलाल राउत कुर्मीले आफ्नो प्राथमिकता र चुनावी एजेण्डाबारे स्पष्ट धारणा राख्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । कुर्मीले भने, “जनताको विश्वास र मायाले नै मलाई यो स्थानमा पुर्याएको हो ।
उम्मेदवार कुर्मिले विगतका नेताहरूले गरेका भ्रष्टाचार, बेथिति, र जनताको समस्या प्रति उपेक्षा गरेको उल्लेख गर्दै आफूले त्यो अवस्था अन्त्य गर्न उम्मेदवारी दिएको बताए । वहाँले भने, “जनताको दुख बुझेर, भ्रष्टाचारीको अन्त्य गर्न, र वडाको समग्र विकासमा क्रियाशील रहन म अघि सरेको छु । मेरो जित निश्चित छ, किनभने जनताले मलाई मायाले साथ दिनुभएको छ ।“ विगतका निर्वाचित जनप्रतिनिधिहरुले भ्रष्टाचार र गैरजिम्मेवारीपूर्ण व्यवहारले जनतालाई दुःख दिएको कारणले गर्दा मैले उम्मेदवारी दिएको बताउनु भयो । अब भ्रष्टाचारको अन्त्य गर्दै जनताको सेवामा समर्पित हुनेछु र जनताको प्रत्येक दुख सुखमा चाहना अनुरुप साथ दिनेछु ।”
त्यसै कारण वडाअध्यक्ष पदका उम्मेदवार कुर्मिले राष्टिूय मातृभुमि पार्टीको “आमा“ चुनाव चिन्हलाई समर्थन गरेर मतदान गर्न सबै मतदाताहरुलाई आग्रह गरे ।पत्रकार सम्मेलनमा राष्टिूय मातृभूमि पार्टीका महासचिव गोविन्द गिरीले पार्टीको नीतिहरु र उद्देश्यबारे विस्तृत जानकारी दिएका थिए । गिरीका अनुसार पार्टी तीनवटा फरक दृष्टिकोण सिद्धान्तका पार्टीहरुको सम्मिश्रणबाट बनेको छ । उनले भने, “हाम्रो पार्टीले समाजमा भएका पुराना विभेद, भ्रष्टाचार, र अन्यायलाई हटाउन नवीन योजना र नीति लिएर आएको छ ।
जनताले हाम्रो नीति र उद्देश्यलाई आत्मसात गर्दै मत दिएमा समग्र क्षेत्रमा विकास र समृद्धिको नयाँ युग सुरू हुनेछ ।” कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष रञ्जित कुमार पटेलले विगतमा निर्वाचित पार्टी र नेताहरुले शिक्षा, स्वास्थ्य, सडक निर्माण, र छुवाछुतजस्ता समस्यामा पर्याप्त काम नगरेको भन्दै कडा आलोचना गरेका थिए । उनले भने, “समाजमा रहेका छुवाछुतका विकृतिहरु र विकास निर्माणका काममा भएका विभेद अन्त्य गर्न हाम्रो पार्टी कटिबद्ध छ । हामी सल्लाह र सुझावका आधारमा जनताको आवश्यकता अनुरूप काम गर्नेछौं ।” उनले भने, “हाम्रो पार्टीले भ्रष्टाचार अन्त्य गरेर नयाँ सम्भावनाहरू सिर्जना गर्न पूर्ण प्रतिबद्ध छ ।“
त्यसतै पार्टीका उपाध्यक्ष रोमलाल गिरीले गढिमाई नगरपालिका(८ लाई नमुना वार्ड बनाउने आफ्नो योजना प्रस्तुत गरेका थिए । उनले भने, “हाम्रो मातृभूमिमा नै सुन फलाउन सकिन्छ । हामीले शुद्ध खानपानको व्यवस्था गर्नेछौं र कृपाबाद, नाताबादको जालो हटाएर पारदर्शी र न्यायसंगत व्यवस्था लागू गर्नेछौं ।”वहाँले भने आफ्नै गाउँको माटोमा रहेर नै बिभिन्न प्रकारका हरियो सागसवजी उब्जाउने र बार्षिक लाखौं आम्दानी गरेर जिविकोपार्जन गर्न ब्यवस्था मिलाउने बताउनु भयो । भोक, रोग र शिक्षामा बिशेष जोड दिने प्रतिबद्धता जनाउनु भएको थियो ।
उनले बिनगरामा विकासका मोडेलहरु लागू गर्दै शिक्षा, स्वास्थ्य, र आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका थिए । गिरीका अनुसार, वडाध्यक्षमा साहेबलाल कुर्मीलाई विजयी गराएमा भ्रष्टाचारमुक्त र स्वावलम्बी समाज निर्माणमा ठोस कदम चालिनेछ । पत्रकार सम्मेलनमा सहभागी स्थानीय नागरिकहरुले राष्ट्रिय मातृभूमि पार्टीप्रतिको आफ्नो विश्वास व्यक्त गर्दै उम्मेदवार साहेबलाल कुर्मीको समर्थनमा उभिने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा महिलाहरु, युवा तथा वरिष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यो निर्वाचनले गढिमाई नगरपालिका(८ को राजनीतिक, सामाजिक र आर्थिक परिदृश्यमा के कस्तो परिवर्तन ल्याउनेछ भन्ने अबको समयले नै देखाउनेछ । तर, उम्मेदवार र पार्टीका नेताहरुले प्रस्तुत गरेका योजनाहरुले जनतालाई आशावादी बनाएको देखिन्छ । यस वार्डमा बिभिन्न पार्टी गरि १६ जना उम्मेदवारहरुले आ(आफ्नो उम्मेदवारी दिएका छन । गढिमाई नगरपालिका मात्र नभएर अन्य दुई वटा पालिका राजपुर नगरपालिकाको वार्ड नं.६ र ईशनाथ नगरपालिकाको वडा नं.७ मा पनि विभिन्न दलहरूबीच प्रतिस्पर्धा हुँदैछ ।