वर्तमानकाल सम्वाददाता
मंसिर ०८ गते ।
मधेस आन्दोलनका सहिद परिवारका सदस्यहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गर्दै सरकारसँग आफ्नो पुरानो माग पूरा गर्न दबाब दिएका छन् । प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ५२ सहिद परिवारका एक÷एक सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरे पनि छ वर्षसम्म कार्यान्वयन नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
आठ वटै जिल्लाका सहिद परिवारका सदस्यहरूको सहभागितामा भएको प्रदर्शनमा सरकारप्रति असन्तोष व्यक्त गर्दै उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । सहिद परिवारका प्रतिनिधि रामनरेश राय यादवले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पटक–पटक भेटेर निर्णय कार्यान्वयनको माग गर्दा पनि बेवास्ता भएपछि आन्दोलनको बाटो रोज्नुपरेको बताए ।
“सरकारले ५२ सहिद परिवारलाई रोजगार दिने निर्णय ग¥यो, तर आजसम्म केवल केहीलाई करारमा जागिर दिएको छ । उनीहरूलाई पनि हटाउने प्रयास भइरहेको छ,” यादवले भने । “हामी स्थायी रोजगारीको माग गर्दै छौँ । यदि हाम्रो माग पूरा भएन भने थप बलिदान दिन तयार छौँ ।”सहिद परिवारले सरकारलाई आफ्नो प्रतिज्ञा पूरा गर्न आग्रह गर्दै आन्दोलनलाई निर्णायक मोडमा पु¥याउने चेतावनी दिएका छन् ।