रमेश कुमार यादब
मंसिर ०९, रौतहट
रौतहटको गढीमाई नगरपालिकाको वार्ड नं.१ हरैयामा पाँच वर्षमा लाग्दै आएको मेला यस बर्ष लाग्ने भएको छ । जिल्लाको गढीमाई नगरपालिका (१ हरैया स्थित रहेको गढीमाई मन्दिरमा यस वर्ष पञ्चवर्षीय गढीमाई मेला आउँदो मङ्सिर १७ गतेदेखि लाग्ने आयोजकले जनाएको छ । गढीमाई मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाको वार्ड नं.१ हरैयाका पुर्व वडा अध्यक्ष राम बिनय यादवले शनिबार आफ्नै गाउँमा पत्रकार सम्मेलनको आयोजना गरी मेला बारे जानकारी दिएका छन् ।
हरेक पाँच वर्षमा एक पटक लाग्दै आएको रौतहटको हरैयामा गढीमाई मन्दिरको मेला यस वर्ष मङसिर १७ गतेदेखि मङसिर २६ गतेसम्म धुमधामका साथ लाग्ने आयोजक एवं मेला समितिका अध्यक्ष यादवले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । पाँच वर्षपछि लाग्न थालेको गढीमाई मेलाको तयारीलाई अन्तिम चरणमा पुर्याइएको र यसपटक विशेष आकर्षणको व्यवस्था गरिएको आयोजक गढीमाई मेला मूल समितिले जानकारी दिएको छ ।
यस पटकको मेलाका लागि व्यापारीहरुलाई पसल राख्ने स्थान निःशुल्क प्रदान गरिने र मेलामा आउने दर्शनार्थीलाई निःशुल्क खाना र बस्ने व्यवस्था गरिएको छ । त्यति मात्र नभएर मेला हेर्न आउने दर्शनाथीहरुको मनोरञ्जनका लागी सास्कृतिक कार्यक्रम भारतको प्रख्यात कलाकारहरुद्धारा गराउने समितिले जनाएको छ । रौतहटको हरैयामा भारत सहित अन्य देशका गरी लाखौं भक्तजन दर्शन गर्न आउने भएकोले त्यसलाई मध्य नजर गर्दै मेलामा बाहिरबाट आउने आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको समितिका अध्यक्ष यादवले जनाए ।
त्यस्तै मेलालाई सभ्य र भव्य बनाउन मङसिर १९ गते मन्दिर र मुर्तिको भव्यरूपमा स्थापना गरिने कार्यक्रम रहेको बताए । भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव २ बाट प्रख्यात कलाकारलाई बोलाइएको आयोजक मेला समितिले जनाएको छ । त्यसतै सोहि पत्रकार सम्मेलनको सम्बोधन गर्दै सोहि वार्डको वडाअध्यक्ष रामपुकार यादबले भने गत २६ बर्षदेखि लाग्दै आईरहेको मेला यसपालि केहि फरक रुपबाट लगाउने त्यारी भएको बताउनु भयो ।
मेलालाई भव्य बनाउँदै क्षेत्रीय स्तरमै एक ऐतिहासिक तथा धार्मिक महत्वको कार्यक्रमको रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको छ । त्यति मात्र नभएर मेलालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको सहयोगमा सशक्त सुरक्षा व्यवस्था मिलाइएको बताउनु भयो । साथै, सयौं स्वयंसेवकहरू परिचालन गरिने वडाध्यक्ष रामपुकार यादवले जानकारी दिएका छन् । अवान्छित गतिविधि हुन नदिन विशेष निगरानी राखिने र मेला स्थल वरपर सीसीटीभी क्यामेरा समेत जडान गरिने जनाएको छ । साथै आवश्यक अनुसारको सम्पुर्ण कुरा वाडबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
त्यसतै गढीमाई मेला समितिका सचिव रामबचन यादबले मेलामा गरिमामय उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन् । मेलाले स्थानीय व्यवसाय, पर्यटन, र धार्मिक सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास समितिले व्यक्त गरेको छ । गढीमाई मेला स्थानीय मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धार्मिक र सांस्कृतिक महत्व राख्ने महत्वपूर्ण कार्यक्रम हो । यसले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।
मेला स्थलमा सुरक्षा, सफाइ, र यातायातको व्यवस्थालाई प्राथमिकतामा राख्दै यस पटकको गढीमाई मेला ऐतिहासिक रूपमा सफल हुने विश्वास लिइएको छ । सबै कलाकारहरुले मङसिर २० गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म आ-आफ्ना सांगीतिक प्रस्तुति दिने छन् । मेलामा ठूलो संख्यामा दर्शनार्थी आउने र त्यसमा पनि भारत तथा नेपालका ख्याति प्राप्त सुप्रसिद्ध कलाकारहरु आउने भएका कारण मेलाको सुरक्षा व्यवस्था निकै कडा बनाइने भएको छ ।
प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपालसहित छिमेकी भारत र अन्य देशबाट गरी लाखौँ श्रद्धालु गढीमाई आउनेछन् । गढीमाई मन्दिर विशेष गरी बलिका लागि प्रख्यात रहेको छ ।