आरके श्रीवास्तव । रौतहट । असार ३० गते
रौतहटमा एक जना पत्रकारमाथि सांघातिक आक्रमण भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ६ माधोपुर घर भएका पत्रकार ओमप्रकाश यादव माथि आक्रमण भएको छ । बुधवार अबेर साँझ पत्रकार यादव माथि आक्रमण भएको हो । पत्रकार यादवले सामाजिक संजाल मार्फत दिएको जानकारी अनुसार हातहतियार सहित आएका केहि समूहले आफनो ज्यानै मार्ने प्रयास गरेको आरोप लगाएका छन् । समाचार लेखेको विषयलाइ लिएर आफू माथि आक्रमण गर्न लगाइएको पत्रकार यादवले आरोप लगाउनु भयो । यसरी पत्रकार माथि गरिएको आक्रमणको चौतर्फी आलोचना गरिएको छ । दोषी माथि कार्यवाहीको लागि माग समेत गरिएको छ । पत्रकार यादव प्रदेश नम्बर २ का कृषि राज्य मन्त्रि योगेन्द्र यादवका प्रेस सल्लाहकार पनि हुन् । इप्रका गरुडाका डिएसपि श्रीराम भण्डारीले दिएको जानकारी अनुसार फेसबुकको स्टेटसको विषयलाइ लिएर पत्रकार यादवको छिमेकीहरु सँग भनाभन हुँदा झगडा भएको हो । घटनामा कसैलाइ चोटपटक नलागेको वहाँले बताउनु भयो । दुवै पक्षलाइ भोली बिहिवार बिहान आठ बजे इप्रकामा उपस्थित गराउनको लागि प्रहरी चौकी माधोपुर लाइ निर्देशन दिएको डिएसपि भण्डारीले बताए । अहिले पत्रकार यादवको सुरक्षाका लागि प्रहरीलाइ खटाइएको वहाँले बताउनु भयो ।