समयका बारेमा विश्वविख्यात नाट्यसम्राट शेक्सपियर भन्छन् –“पहिले मैले समय खेर फाले अहिले समयले मलाई खेर फाल्दै छ ।” यसबाट के बुझिन्छ भने कुनै पनि काम उचित समय, परिवेश र अवस्था अनुकूल गर्न नसक्नाले अन्तमा आउने परिणामको भागिदार बनेर पश्चाताप गर्नुको विकल्प हुदैन भन्ने हो । अर्थात समय अनुसार हिड्न र हिडाउन सकिएन भने समयले छोडेर जान्छ र हामी जहाँको तही हुन्छौँ । हामी सबैले भन्ने र सुन्ने गरेको प्रसङ्ग हो– समय बलवान् छ । अझै थप्दै जाने हो भने बगेको खोला र बितेको समय फर्कदैन । समयले मा¥यो । समयले ठग्यो । कस्तो समयमा हिडेछु । कुन दिनमा जागिर खाएछु । कस्तो समयमा लगानी लगाएछु । समय कति निष्ठुरी छ । समयलाई दिइने यी र यस्ता तमाम उपमाहरू हामीसँग प्रशस्तै छन् । हो हामी जहिले पनि समयकै चक्रमा घुमिरहेका हुन्छौँ । चाहे त्यो सकारात्मकतर्फ होस् वा नकारात्मकतर्फ नै किन नहोस् । अहिले आएर सा¥हा दुनियाँ कोभिडबाट आक्रान्त हँुदा हामी भन्दै छौँ कस्तो समय आयो । के देख्नु प¥यो । आफ्नै कोखबाट जन्मेकोलाई पनि पराइको व्यवहार गर्नु परेको छ । मान्छेले जसरी आफ्नो बल र बुद्धि लगाएर जति पैसा कमाए त्यो सब व्यर्थ भयो । किनभने पैसा पात बराबर भए । एक साधारण फिका मूल्यहीन कागज सरह ।
वास्तवमा के हो त समय ? सोलोडोलोमा भन्दा एउटा पूर्ण परिवेश हो समय । दिन छ । रात छ । गर्मी छ । ठण्डी छ । यस्ता अनेकौ आधारहरू छन् जो दोहोरिरहन्छन् र अन्तिम सत्य पनि त्यही हो । यो त जुन समयमा ब्ह्माण्डको उत्पत्ति भयो र कालान्तरसम्म आइपुग्दा पृथ्वीको पनि उत्पत्ति हुन आयो त्यसै बेलादेखि नै यो परिवेश अनवरत छ भलै विज्ञानले यसलाई आफ्नो पोल्टामा पार्दै आजका दिनसम्म आइपुग्दा कल्पनै गर्न नसकिने अवस्थामा पु¥यायो । सोचौँ, हामीले जाने बुझेसम्म सहस्राब्दी, सताब्दी, दसक, वर्ष, महिना, हप्ता, दिन, घण्टा र मिनेट हुँदै समयको सबभन्दा सानो एकाइ सेकेण्ड हो । एकदमै सानो एकाइ । एक÷दुई गन्दाको अवधि । भन्ने गरिन्छ कि– तुरुन्तै सुरु गर्नू । तुरुन्तै आउनू एक सेकेण्ड पनि ढिला नगरी । गुगल नै सर्च गर्ने हो भने समयको एकाइ बुझिनसक्नु छ । एक सेकेण्डलाई हजार भाग लगाउदा एक भागमा जति समय पर्न आउँछ त्यो मिलिसेकेण्ड हो । त्यस्तै गरी माइक्रोसेकेण्ड, पिकोसेकेण्ड आदि । कल्पना गरौँ कि यस्ता सूक्ष्म समयमा कति काम सम्पन्न गरिएला । यस्ता अतिसूक्ष्म समयमा हुने कामहरू शारीरिक वा मानवीय भन्दा पनि प्राविधिक र यान्त्रिक हुन्छन् ।
त्यही समयलाई उपयुक्त ढंगबाट खेर नजाने गरी उपगोग गर्नका खातिर वर्तमान समयसम्म आइपुग्दा विभिन्न किसिमका अत्याधुनिक औजारहरू बने । घडि बने । भित्तेपात्रो बने । विडम्वना ! समयको पालना गर्नका लागि हातमा बाँधेको घडिको अपमान हुने गरी एउटा कर्मचारी एक घण्टा पछि र एक घण्टा पहिले नै कार्यालय पस्छ र छोड्छ । कतिपय अवस्था र ठाउँहरूमा अहिलेसम्म पनि समय सूचकका रुपमा भाले, लाटोकोसेरो, खोलाले फेर्ने सास, विशेष किसिमका झारपात र ताराहरुको झुण्डलाई मानिन्छ । ज्योतिषशास्त्र अनुसारको समय विभाजन पनि रोचक देखिन्छ । जे–जसरी समयलाई बाँडफाँड र उपयोग गरिए तापनि दिन–रात, गर्मी–ठण्डी, घाम–पानीका आधारमा महिना, राशि र ऋतु बनाएर काम गर्ने तौरतरिका मात्र सजिलो बनाइ आधार खडा गराइएको हो । बा¥ह महिनाको समयलाई एक वर्ष मान्ने हाम्रो देशमा बा¥ह महिना भन्दा कम र बा¥ह महिना भन्दा बढीलाई पनि एक वर्ष मान्ने मुलुक छन् विश्वमा । वास्तवमा हामीले कम र बढी बनाउने मात्र हो समय चाहिँ उही नै हो ।
हामी समय अनुसार उद्देश्य बनाउँछौँ । एउटा कर्मचारीले बीस वर्ष पछि अवकाश पाउँछ । एउटा मजदूरले आठ घण्टा अनवरत श्रम गरेवापत तोकिएको ज्याला प्राप्त गर्छ । त्यसै गरी एउटा विद्यार्थीले तीन घण्टामा आफ्नो ज्ञान कागजमा पोख्छ । यसरी हेर्दा क्षेत्रगत रुपमा सबैले आ–आफ्नो कामका लागि अनुकूलतम् समयसारिणी बनाई जीवन अगाडि बढाएको देखिन्छ ।
समय कम र बढी होइन, हामी हौँ कम र बढी बनाउने । समय दौड्ने होइन, हामी हो दौडने । समय त स्थिर छ । एक घण्टा एक घण्टै हो । साठी मिनेट । त्यस अवधिमा कति काम सम्पन्न गर्ने भन्ने कुरा हाम्रो सामथ्र्यमा भर पर्छ । सक्नेले धेरै गर्छन् भने नसक्नेले थोरै । समयले छोडेर जाने होइन हामीले समयलाई छाडेको हो । समय कम हैन हामीले बढी लोभ गरेको हो । समयले हामीलाई चिन्ने होइन, हामीले समय चिन्ने हो । दुर्भाग्य आज हामी त्यही समय चिन्न नसक्नाले चिन्तित छौँ । बेखुसी छौँ । समय चिन्नेहरुको खिलाप गर्छौँ । वैरभाव सिर्जना गर्छौँ । बीउ नरोपी फलको आशा राख्छौँ ।
हामी समयलाई बलवान् भन्नु भन्दा पनि आफू बलवान् बन्नेतर्फ अग्रसर हुनु पर्छ । ठिक समयमा यात्रा सुरु गरे पछि मात्र गन्तव्य चुम्ने हो । एउटा अपवाद के पनि हो भने कहिले पनि नआउने भविष्यका लागि यो गरौँला त्यो गरौँला भनेर बढी महत्वाकांक्षी बन्नुले गर्दा पनि यात्रा नै सुरु नहुन सक्छ । विगतबारे चिन्ता गर्नु भन्दा पनि चिन्तन गर्नु राम्रो हुन्छ । जिन्दगीमा समयमै उठेकोले गर्दा आज म यो ठाउँमा छु भन्ने मान्छे विरलै छन् यस धर्तीमा । बहुसंख्यक मान्छेहरू जिन्दगीको उत्तरार्धतिर आएर बल्ल उठ्छन् र विगतलाई दोष दिन्छन् । आफ्नै काम आफैले नगर्दा झेल्नु परेका समस्याका खातिर आफैलाई तुच्छ सम्झदै मृत्यु कुरेर बसिरहेका हुन्छन् । तिनै पीडा र अफशोषले गर्दा जीवन र मृत्युको दूरी नजिकिदै आइरहेको हुन्छ । भनिन्छ, हरेक मान्छेले जीवनमा एकपटक भगवान् बन्ने अवसर पाउँछ । जसले समय चिने उनै भगवान भए । कुनै मरेर गए तैपनि हामी पूजा गरिरहेछौँ । कतिपय त जीवित नै छन् तर मरिरहेका छन् । भोकमरीले गर्दा हुने मृत्युबाट एक दाना अन्न दिएर बचाउने एक किसान पनि त भगवान् नै हो जसले समयमै बीउ रोपेको हुन्छ । यस्तै अरु थुप्रै भगवान् छन् हाम्रा अगाडि ।
वस्तु आफैमा खराब होइन, हाम्रो हेराइ खराब हो । पोखरीमा जो पौडन सक्छ उसले मनोरञ्जन लिन्छ र जो पौडिन सक्दैन ऊ डुबेर मर्छ । परीक्षा गा¥हो होइन मेहनत कम भएको हो । महङ्गी बढेको होइन आम्दानी कम भएको हो । त्यसै गरी समय खराब वा प्रतिकूल होइन हाम्रो सोंच खराब हो । त्यसकारण दोषारोपण व्यर्थ छ । अन्यथा, हरेक समस्याले समाधान बोकेर आएको हुन्छ भन्ने उखान कसरी चरितार्थ हुन्थ्यो र !
उदाहरणका लागि दुई वटा बीउहरू सँगै कुरा गर्दै थिए । एकले भन्यो–“अब म माटोमुनि पस्छु । आफूमा भएको शक्तिलाई उजागर गर्दै धर्ती बाहिर टुसाउँछु । विशाल वृक्ष बन्छु । दुनियाँलाई शीतल, स्वच्छ हावा, फलफूल, घाँस र फर्निचरसमेत दिन्छु । दुनियाँले मेरो जय–जयकार गर्नेछ । म पूर्ण र तृप्त हुनेछु ।” अर्कोले भन्यो–“ खै म के गरुँ ? मटोमुनि त जाउँला, उम्रन्छु कि उम्रदैन । फल लाग्ला कि नलाग्ला । मलाई मान्छेले निमोठ्लान् । पानीले भिजाउला । घामले डढाउला । असिनाले कुट्ला ।” भनिरहदा पहिलो माटोमुनि पसिसकेको थियो । यसरी मनगढन्ते व्यर्थ कल्पनामा डब्दै जाँदा उक्त बीउलाई एउटा चराले कप्ल्याक्क आफ्नो आहारा बनायो । जय हो समय !