तारकेश्वर-११ का वडाध्यक्ष बस्नेत पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २१, मंगलबार (६ महिना अघि)
  • ४ पटक पढिएको
तारकेश्वर-११ का वडाध्यक्ष बस्नेत पक्राउ

काठमाडौँ, २० श्रावण। काठमाडौँको तारकेश्वर–११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन् । तारकेश्वर ११ र काठमाडौँ महानगरपालिका १६ नम्बर वडाको सिमानाको खोलामा करिडोर निर्माण गर्ने क्रममा गत असार २३ गते भएको झडपपछि परेको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । 

प्रहरीले उनलाई सोमबार पक्राउ गरेर मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए । 

२२ गते काठमाडौँ महानगरपालिकातर्फ खोला मिचेर करिडोर निर्माण गर्न लागिएपछि वडा नम्बर ११ का जनप्रतिनिधिसहित स्थानीयले प्रशर्नन गरेका थिए । सो क्रममा केही स्थानीय झडप भएका थिए । झडपमा घाइते भएकाहरूले वडाध्यक्षसहित १३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । 

सो जाहेरीपछि हालसम्म वडाध्यक्षसहित ११ जना पक्राउ परिसकेको चन्दले जानकारी दिए । विवादले झडपकै रुप लिएपछि हाल उक्त करिडोर निर्माण रोकिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले करिडोर निर्माणको ठेक्का पाएको कम्पनीलाई पत्राचार गर्दैै उक्त कार्य रोक्न असार २३ गते नै निर्देशन दिएको थियो । 

ताजा अपडेट

खोजी गर्नुहोस