रौतहट । श्रावण ०७ गते
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको सन्तपुरमा एक जना जबर्जस्ती करणीको प्रयास भएको घटना बाहिर आएको छ । फतुवा बिजयपुर ५ सन्तपुर दोस्तिया स्थित रोजगारीको लागि भारतको मुम्बई गएका एकजनाको श्रीमति घरभित्र सुतिरहेको अवस्थामा गाउँकै एकजना युवक घरभित्र प्रवेश गरि जबर्जस्ती करणी गर्ने खोजेको घटना सार्वजनिक भएको छ । स्थानीय सेख महबुब भन्ने सेख मक्सुदको छोरा २२ बर्षिय सेख मोमताज जबर्जस्ती करणी गर्ने खोज्दा महिला कराएपछी मोमताज भागेको महिलाका ससुरा ताहिर अन्सारीले बताएका छन । घटना लगत्तै खबर गरेपछि ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तिया बाट गएको टोलिले घटना स्थलको निरिक्षण गर्नुका साथै आरोपी मोमताजको घरमा जांदा उनी नरहेको पीडित महिलाका ससुरा ताहिरले बताए । घटनाको भोलिपल्ट गत शुक्रबार ईप्रका सन्तपुर दोस्तियामा मोमताज विरुद्ध लिखित उजुरी दिंदा आरोपिको बुबालाई झिकाएको थियो । लगतै सोही वडाका कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष शेख एजाज जिम्मा जमानिमा लिएरगए पछि हालसम्म कुनै कानुनी कार्वाही प्रक्रिया प्रहरीले अगाडि न बढाएको पीडितको भनाई छ । वडा अध्यक्ष एजाजको दवाबको कारण प्रहरी मौन बसेको उनको आरोप छ । ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका प्रमुख सई सुदर्शन दाशले आरोपको खण्डन गर्दै आरोपी मोमताज फरार रहेपनी उसको खोजी भैरहेको बताए । यसैबीच जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी सिद्वी बिक्रम शाहले सन्तपुरको घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कानुनी कार्वाही को दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय बिजयपुरका ईन्स्पेक्टर बिष्णु बिश्वकर्मालाई निर्देशन दिनु भएको छ ।