धर्मेन्द्र कुमार यादव– महोत्तरी,साउन १० गते ।
महोत्तरी सदरमुकाम जलेश्वरबाट हराएका एक बालकको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको छ । जलेश्वर नगरपालिका–४ सुँगा बस्ने लक्ष्मी महतोका ४ वर्षीय छोरा आयुष घरदेखि ५ सय मिटर पूर्वरहेको पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आइतबार साँझ ५ बजेदेखि हराएका बालक पोखरीमा डुबेको अवस्थामा भेटिएपछि उपचारका लागि जलेश्वर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको महोत्तरीका प्रहरी प्रवक्ता एव डीएसपी प्रकाश बिष्टले जानकारी दिए । मृतकको शव पोष्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Listen to this article
0:00
1:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Create your account
It only takes a minute — and it's free.
Already have an account? Log in