लागु औषध गँजासहित मानिस पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण १३, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
लागु औषध गँजासहित मानिस पक्राउ


पवन साह पर्सा÷साउन १२ गते ।

जिल्ला प्रहरी कार्यालय पर्सा बाट सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०४।११ गते राति जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं.४ स्थित पोखरीको डिल हुँदै लागु औषध गाँजाको ओसारपसार हुने भन्ने सूचना प्राप्त भई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट उल्लेखित स्थानमा खटिएको एम्बुसिङग टोलीले मिति २०७८।०४।१२ गते विहान ०३ः०० बजे २ वटा सेतो प्लाष्टिकको बोरा बोकी आइरहेका जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं.४ पटेर्वाटोल बस्ने बर्ष ६५ को बासुदेव माझीलाई रोकी तलासी लिदाँ उक्त बोराहरुभित्र लागु औषध गाँजा २७ के.जी.फेला परेकोले निजलाई गाँजासहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो।

ताजा अपडेट

खोजी गर्नुहोस