अमरेश कुमार पाण्डेय बारा । साउन १२ गते ।
गाउँपालिकाको वडा – २ को कार्यालयमा मंगलबार आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै गाउँ पालिका अध्यक्ष यादवले के.एस. मल्टिप्रपोज.प्रा.लि. संग केही मेसिनरी औजारको आपूर्ति को लागि गरिएको सम्झौता भए पनि समय सिमा भित्र के. एस. मल्टिप्रपोज प्रा. लि. गर्न नसकेकोमा धरौटी जपत गरेकोले उक्त धरौटी फिर्ताको लागि चरीत्र हत्या गर्ने,बदनाम गर्ने र अन्तयमा मानसिक दबाव दिई धरौटी फिर्ता लिने मन्सायले भ्रमित समाचार प्रकाशन गरेको आरोप लागाए,अर्को नरेश गुप्ता संचार कर्मी आफनो स्वास्नि अध्यक्ष रहेको एक गैर सहकारी संस्थालाइ लक्षित बर्गको कार्यक्रम कामै नगरी भुक्तानी दिन दवाव दिदा सामाजिक बिकास शाखाका कर्मचारी इन्कार गरेको हुदा गलत मानसिकताले चरीत्र हत्या र बदनाम गर्ने उदेश्यले झुठो र भ्रमित समाचार प्रकाशन गरेको आरोप यादवले लगाए । बिना प्रमाण गाउँ पालिकालाई इन्गितगरेर प्रकाशित समाचारप्रति गाउँ पालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए । यसअघि आएको समाचारसँग सबन्धित भएका सो गाउपालिकाका प्रबक्ता बिजय कुमार सिंहले आरोप लगाए । बिना प्रमाण गाउँ पालिकालाई र गाउपालिकाको कर्मचारी,जनप्रतिनिधिलाइ बदनाम गरे त्यसको प्रतिकार गर्ने र त्यसता तत्वहरुलाइ आफनो गलत मन्साय समयमै नत्यागे त्यसको गलत परिणाम भोग्ने पनि त्यार रहने चेतावनी पनि दिदै जिल्ला प्रशासन कार्यालय ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,प्रेस काउन्सिल लगाएत सबै निकायलाइ आवस्यक छानबिन गरि कार्वाही गर्न अनुरोध यादवले अनुरोध गरे । गाउँ पालिकाका अध्यक्ष यादवको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा गाउँ पालिका उपाध्यक्ष बबिता यादव , प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव, वार्डः–२ का वार्ड अध्यक्ष रंजित प्रसाद यादव वार्डः–३ वार्ड अध्यक्ष महेन्द्र राउत अहिर वार्ड ः–४ का वार्ड अध्यक्ष दिपेन्द्र प्रसाद यादव वार्डः–५ का वार्ड अध्यक्ष रामएकबाल साह कलवार वार्डः–७ का वार्डा अध्यक्ष बिजय कुमार सिंह आइ टि सुचना अधिकारी मिरेन्द्र प्रसाद यादव,न्यायीक समिती शाखाका कर्मचारी संजिव कुमार यादव,सामाजिक बिकास शाखा प्रमुख संजिव राम र विभिन्न सन्चारमाध्यमा आवद्ध सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।