राजेश पासवान । रौतहट भदौ ६ गते ।
रौतहटको मध्यभाग गरुडामा सुबिधा सम्पन्न ब्लु मुन रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ ।
ईलाका प्रहरी कार्यलय गरुडाको पछाडी रहेको नयां भवनमा कुल ५५ लाखको लगानीमा सो रेस्टुरेन्ट एण्ड बार संचालनमा आएको हो ।
जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ब्रह्मदेव राउत का छोरा सचितानन्द पटेल २०० जना गा्रहकको एकैसाथ अट्ने सिट क्षमता भएको रेस्टुरेन्ट संचालन गरे पछि गरुडा बासी खुशी भएका छन ।
प्रहरी कार्यालयको पछाडि पट्टीको रिङ्गरोड छेउमा संचालन भएको रेस्टुरेन्टमा,सभाहल सहित सेमिनार, भोज भतेर पार्टी ,बर्थडे पार्टी,छेका समारोह लगायत विभिन्न कार्यक्रम गर्न प्रयाप्त ठाउ भएको ब्लु मुन रेस्टुरेन्ट एण्ड बार संचालन गरेको संचालक पटेलले बताउनुभयो।
रेस्टुरेन्टमा नेपाली,नेवारी,ईट्टाली,चाईनिज,ईण्डियन, थाईल गायत एसियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको र पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमीनार हलको व्यवस्था पनि रहेको रेस्टुरेन्टका संचालक पटेलले बताएका छन ।
आईतबार देखि संचालनमा आएका रेस्टुरेन्टलाई एक भव्य समारोहका बीच गरुडा नगरपालिकाका नगर प्रमुख ईनु राय यादव र देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र पटेलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
उदघाटन समारोहमा गरुडाका नगर प्रमुख यादवले,देशमा रोजगारी न पाएर धेरै युवाहरु बैदेशिक रोजगारीका लागि बाहिर गइरहेको अवस्था स्वदेशमै रहेर केही गर्छु भनी सोंचका साथ पटेलले रेस्टुरेन्ट संचालनमा ल्याए र सराहनीय काम गरेको भन्दै मेयर यादवले त्यसको उन्नति र प्रगति कामना समेत गर्नु भयो।
त्यस्तै अर्का नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले यो ठाउमा सुबिधा संम्पन रेस्टुरेन्ट खुले पछि सबै भन्दा बढी याहाका ब्यपारी र गा्रहकहरु लभान्वित हुने बताउनु भयो ।
बिभन्न संघ संस्था र पार्टी फङ्गसनका लागि चपुर गौर जस्ता ठाउमा जाने बाध्यता समाप्त भएको बहाले बताउनु भयो ।सुबिधा संम्पन रेस्टुरेन्ट खुले पछि गरुडाको गौरब अझ बढाएको उनले बताए ।
उक्त उदघाटन समारोहमा विभिन्न दलका राजनैतिक कर्मीहरु, गरुडाका व्यापारीहरु,प्रहरी प्रशासन,पत्रकार र संचारकर्मीहरुकोे उपस्थिति रहेको थियो।