परिरहेको अबिरल बर्षाले नदिको पानिको सतह बढदैँ जादा तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपाउन प्रमुख जिल्ला अधिकारीको आग्रह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १२, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
परिरहेको अबिरल बर्षाले नदिको पानिको सतह बढदैँ जादा तटिय क्षेत्रका बासिन्दालाई सर्तकता अपाउन प्रमुख जिल्ला अधिकारीको आग्रह


रमेश कुमार यादब
भदौँ ११ ,रौतहट
जिल्ला प्रशासन कार्यलय रौतहटले नदिमा जल सतह बढदै गएकोले सर्तकता अपनाउन आग्रह गरेका छन । रौतहटमा बुधबार देखि नै अबिरल बर्षा भैईरहेको कारणले नदि नाला लगायत खहरे खोलाहरुमा पानिको सतह बढदै गईरहेको छ । जल तथा मौसम बिभाग पुर्वानुमान महाशाखाको अनुसार शनिबार सम्म अझैँ ठुलो पर्ने सम्भवना भएकोले तटिय क्षेत्रमा रहेका बासिन्दाहरुलाई सर्तकता अपनाउन तथा सर्तक रहन प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादबले आग्रह गरेका छन । हाल रौतहटमा बगने दई ठुला नदि बागमति र लालबकैया नदिमा तिन देखि पर्दै आईरहेको अबिरल बर्षाको कारण दुबै नदिको जल सतह बढदै गईरहेको छ । त्यस कारण त्यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन जिल्ला प्रमुख यादब आग्रह गरेका छन । साथै पानिको बहाव बढदै जादा बागमति ,बकैया ,चाँदी नदिमा माछा मार्ने र बगाएर ल्याएको दाउरा टिप्पने जस्ता कार्यहरु नगराउन ÷नगर्न तटिय क्षेत्रका बासिन्दाहरुलाई रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादबले आग्रह गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस