फत्तेपुरमा चिनिमीलका कर्मचारी र किसान बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १२, शनिबार (४ साल अघि)
  • २८ पटक पढिएको
फत्तेपुरमा चिनिमीलका कर्मचारी र किसान बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

राैशन चाैधरी ।भदाै ११ गते

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिज का कर्मचारी र किसान बिच अनतरक्रिया कार्यक्रम सम्पन्न ।

जिल्लाको कटहरिया नगरपालिका–९ डुमरिया स्थित रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजले सोही नगरपालिकाका वडा नम्बर ६ मा फतेपुरमा किसानहरु संग शुक्रबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको
छ।

कार्यक्रममा बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजका उखु प्रबन्धक(क्यान म्यानेजर)कृष्णनन्दन लाल कर्णले मिलले किसानहरुको लागि दि-रहेको तथा दिने सेवा सुविधाहरु को बारेमा जानकारी गराउदै आउदो कार्तिकमा १००० बिगहा उखु खेती लगाउने उदेश्य का साथ किसान हरुको लागि विना ब्याजकाे उखुकाे बीउ वितरण गर्ने तथा १ बिगहामा १ बोरा डिएपी मल्ल,उखु उपचारका लागि औषधी(बिसादी),स्प्रे गर्ने औषधी निशु:क दिने र कृषि उपकरण खरिद गर्नका लागि २५ प्रतिशत सहुलियत र उखु खेति गर्नका लागि कुमारी बैंकको मार्फत लोनको व्यवस्था समेत मिलले दिइएकाे बताए ।

कार्यक्रममा मिलका सहायक क्यान म्यानेजर शम्भु प्रसाद साह,जेटिए नन्दलाल यादव,कृषिक महिन्द्र यादव,बिक्रम यादव,सुरेन्द्र राम,संजय जयसवाल ,सुरेश दास,हरिनारायण कुशवाहा,जयराम चाैधरी,पलट चाैधरी लगायतका दर्जनाै किसानहरूको सहभागिता रहेको थियो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस