लेखक राजकुमार यादव
खोक्रा कागजका पन्नाहरूमा तिम्रो नाम कल्पेर केहि समय बिताउने असफल प्रयासमा तल्लीन छु म आज । एक्कासि तिम्रो याद अमिट छाप बनेर मुटुको देब्रे पाटोमा घोच्न थालेपछि विवशताको भुँवरीमा पिल्सिँदै म यो समय तिम्रा लागि समर्पण गर्दैछु ।
कृत्रिम नशामा जीवनलाई धेरै डुवाईसक्दा पनि हर रात सपनीमा तिमिलाई अँगालोमा बेर्न खोज्छन् आँखाहरू, चुम्न खोज्छन् तिमिलाई । आखिर हुने त केही होइन । तिमि तिम्रो बाटोमा छौ । म मेरो बाटोमा अनवरत यात्रामा तल्लीन छु । थाहा छैन मेरो यात्रा कहाँ गएर टुङ्गने हो । यो अविच्छिन्न यात्रा भासमा फस्न पनि के बेर सरु ? जीवन जिउन त जसले पनि जिउँछ तर म यस्तो जीवन जिउन चाहन्छु, यस्तो साथ चाहन्छु तिम्रो जहाँ तिमि र म सँगै हुने छौं । कागजका पन्नाहरूमा पोखिँदै छु म, तर तिमि रोमान्समा मस्त छौ । थाहा छैन कहाँ गएर म पोखिने हो ? यो यात्रा कहाँ गएर सकिने हो ? यो बेठेगान, बेखवर यात्राको ठेकेदार मेरो जिन्दगी ? म आफै भित्र भक्कानिन्छु । तिम्रो र मेरो प्रेमको कथा, तिम्रो र मेरो भावनाको नाता कहाँ गएर टुङ्गिने हो ?
हो, सोचेकि पनि छैनौ होला म कसरि भावनामा डुब्छु भनेर ! सोच्ने पनि कसरी ? एक नजरमा अस्ति मात्र अल्झेको म तिम्रो मायामा । अनि तिमि पनि अचम्मैको नाटक मञ्चनमा तल्लिन छौ प्रियं। थाहा पाएर पनि नपाएजस्तो गर्ने तिम्रो वानिले मलाई झन् पागल बनाएको छ । म पागल बन्दा थाहा नपाएजस्तो गर्छौ । तिम्रो याद आउँदा भक्कानिएर कागजका पानाहरुमा विस्फोट हुने गर्छु । जब म मायामा पागल हुन खोज्छु, यस्तो लाग्छ तिमि मसँग दुरको नाटक खेल्छौ । अनि जब तिमि म सँग नजिकिने प्रयास गर्छौ, म दुरको नाटक खेल्छु । तिमि र म दुरको नाटक मञ्चन गरिरहँदा मलाई तिम्रो बिगतको यादले छातिमा पिडा दिन्छ प्रियं । अरुको भविश्यमाथि मेरो कुनै अधिकार त छैन । बिना परिचयको त्यो वातचित कसरि प्रेमको प्रगाढ छहारिमा सैर गर्न सक्छ ? थाहा होस् पनि कसरी तिमि तिम्रो संसारमा छौ, म मेरो संसारमा छु । म पागल बन्दै छु तिम्रो प्रेममा । आज भोलि भन्दा भन्दै म पागलको महा पागल बन्दैछु प्रियं । थाहा छैन म कसरी डुबे प्रियं ? ? प्रश्नभित्र म तिमिलाई खोज्ने गर्छु ।
प्रेमको मुल्य आजका मान्छेहरुलाई हुँदोरहेनछ । होस् पनि कसरी यो पशुहरुको शहरमा घुम्ने पशुरुपी मानवहरुलाई ? यहाँ मान्छे पनि पशुको भाउमा बिक्री गरिँदोरहेछ । मायाको त कुरै छौडौ ! अनि कसरी थाहा होस् मायाको मुल्य ? तिमि पनि त यहीँको मानव नै हौ । किन बुझ्थ्यौ मेरो प्रेम ? फेरि तिमि पनि त ………….. अरूले घुम्ने ठाउँमा तिमि पनि घुम्छौ । अरुले चुम्ने ठाँउमा तिमिले पनि चुमेको देख्छु । तर, तर जब पर आलिंगनमा म तिमिलाई मस्त देख्छु, आँखाहरू नचाहेर पनि अन्तै मोड्छु किनकि म विवशतामा अल्झेको छु प्रियं । हो, हो प्रियं, भन्न नखोजेको कहाँ हो र तिम्लाई ? तर आधुनिकताको खोल आडेको नाटक गर्छौ तिमि । कहिलेकाहीँ यस्तो लाग्छ भर्खर गाउँबाट शहरमा पसेको केटी जो शहरको वातावरणमा घुलमिल हुन खोज्दैछे । थाहा छैन उसलाई कसरी ऊ चुकेकि छे भनेर । ऊ कसरी पाखे भएकि छे भने र। तिमि पनि धाक आधुनिकताको लगाउछ्यौ । तर आफै नांगिएको तिम्लाई थाहा छैन प्रियं । त्यसैले त म आफैभित्र जलेर, आफैभित्र कल्पंदा कल्पंदै ज्वालामुखि विस्फोट हुँदैछु कागजका पन्नाहरुमा ।
हुन सक्छ तिमि अलि मोह मस्तिमा मग्न हुन्छौ, म बढी समय एकान्तमा गितारको धुनसँग रमाउँछु । तिमी सामाजिक सञ्जालको दुनियाँमा रमांउन चाहन्छ्यौ । नयाँ नयाँ साथीको खोजी गर्न मन पराउँछौ किनकी तिमी आधुनिक छौ । थाहा छैन कतै म भन्दा राम्रो साथीको खोजीमा त तल्लिन छैनौ तिमि ? हुन सक्छ तिमिले मलाई बुझेकि छैनौ, तर पछि बुझेपछि तिमि बर्बाद हुनेछौ प्रियं मैले कति मन पराए तिमिलाई ? त्यो त कि मलाई थाहा छ कि निष्ठुरि दैवलाई । जब म तिमिबाट टाढा हुनेछु, तिमिले त्यति बेला बुझ्नेछौ मलाई । म दूर मञ्चनमा सैर गरिरहेको बेला तिम्रो याद आए भुल्ने प्रयास त गरौला तर तिमी त्यो अवस्थामा हुनेछैनौ प्रियं । म बिनाको तिम्रो जीवन अपूरो नै रहनेछ किनकी यो व्यापारिक दुनियाँ हो माया । यहाँ पशुको मूल्यमा तिम्रो बिक्री हुनेछ । सम्बन्धहरूमा कसरी खिया लाग्छ त्यो त समयले देखाउँछ । आकाश र धर्तीको मिलन असम्भव छ ।
कसरी धोकेवाजहरुले धोका दिन्छन् त्यति बेला तिमिले बुझ्नेछौ । पश्चातापको भुँवरीमा तिमि जल्दा ……….. अनि जब तिमि मलाई सम्झन्छ्यौ ढिला भइसकेको हुनेछ । मेरो याद त कुनै जमानाको कथा बन्नेछ प्रियं । ड्रगको सेलहरुको सहारामा तिमिले जीवन बिताउने प्रयास गर्नेछौ जब म त्यहाँ हुनेछैन । सेन्टिमेन्टल गीतले तिम्रो मोवाइल सेट अनि कम्प्युटरको हार्ड डिस्कहरू भरिनेछ । समाजले तिमीलाई पागलको उपनामले बोलाउनेछ जसरी आज म खेप्न विवश छु यो उपनाम । म अरु नै कसैको अँगालोमा, तर तिमि पागल भएर हिँडिरहँदा म मेरी जीवन सँगिनीको साथ पनि त छोड्न सक्दिन माया ! किनकी मैले कसम खाइसकेको हुनेछु जुनी जुनी साथ दिनेछु भनेर । म धोका पनि त दिन सक्दिन उनीलाई ! म दोधारको जिन्दगी यापन गरिरहेको हुनेछु । तिमि पनि सधै तड्पिएर जिँउनेछौ तथापि कसैको साथ त अवश्य पाउनेछौ तिमिले ।
हुन त मैले तिमिलाई तथापि सम्झाउन नखोजेको होइन । तर मेरो प्रयास केवल प्रयासमै सीमित रह्यो । मेरो भनाई त तिम्रो लागि केही नहोला तर जब जीवन उम्कन नसक्ने गरि भासिन्छ, पोल्नेछ तिमिलाई आगाको रापसरी । जल्नेछौ तिमि दनदनी । यो बेठेगान, बेखवर जिन्दगीको कल्पनामा डुव्दाडुव्दै एक दिन तिमि…………अनि म यसको ठेकेदार………… हो आज यीनै प्रश्नहरूको खात दिमागको शब्द भण्डारभित्र संचित छन् । संचित मात्र भए त हुन्थ्यो नि प्रियं, जब आँखाहरू निन्द्रादेविको शरणमा पुग्छन्,तिमि सपनीमा तड्पाउन आउँछौ । हठात् बिउँझन्छु, तर श्यामपट्ट कालरात्रिमा अरू नै पशुहरू रमाइरहेका हुन्छन् । फेरी आँखाहरू चिम्