वर्तमानकाल सम्वाददाता । वार्षिक रूपमा विश्व महिला समुदायमा हुने कुल मृत्यु संख्याको करिब ३५ प्रतिशत मृत्यु मुटुरोगबाट हुन्छ, जुन सबै प्रकारका क्यान्सरबाट हुने महिलाको मृत्युभन्दा बढी देखिन्छ । महिलामा हुने मुटुरोगको अध्ययन, पहिचान, निदान र उपचार कम रहने प्रवृत्ति छ, जुन गम्भीर विषय हो ।
महिलामा मुटुरोगका केही लक्षण पुरुषमा देखिने लक्षण भन्दा पृथक् हुन सक्छन्, जसले गर्दा महिलामा प्रायः मुटुरोगको गलत निदान
गरिन्छ । सर्वसाधारणका साथै स्वास्थ्यकर्मी दुवैमाझ महिलामा हुने मुटुरोगसम्बन्धी ज्ञान बढाउन अत्यन्त आवश्यक छ ।
मुटुका रक्तनली ‘आर्टरी’ ले पर्याप्त मात्रामा अक्सिजन रहेको रगत मुटुलाई प्रदान गर्न सकेन भने ‘कोरोनरी मुटुरोग’ नामक प्रकारको मुटुरोग हुने जोखिम हुन सक्छ ।
त्यस्तै, मस्तिष्कको एक भागलाई केही समयका लागि पर्याप्त मात्रामा रगत उपलब्ध हुन नसकेको अवस्थामा ‘मस्तिष्कघात’ (स्ट्रोक) अन्तर्गतको ‘ ईस्केमीक स्ट्रोक’ हुने जोखिम हुन्छ ।अधिकांश विकसित देशमा महिलाको मृत्यु हुनुका दुई मुख्य कारण कोरोनरी मुटुरोग र मस्तिष्कघात हुन् । विभिन्न सञ्चारमाध्यमले महिलाको मृत्युको प्रमुख कारण ‘स्तन क्यान्सर’ रहेको कुरा त्रुटिगत रूपमा प्रकाशन प्रसारण गर्दै आएको पाइन्छ । यो गलत धारणा सम्बोधित हुनुपर्छ किनकि मुटुरोगको तुलनामा स्तन क्यान्सरबाट महिलामा हुने कुल मृत्युको संख्याको थोरै प्रतिशत मात्र पर्दछ ।
वि. सं. २०७९ सालमा विश्वभरि २३ लाख महिलामा स्तन क्यान्सरको निदान भयो र सोही साल ६ लाख ७० हजार महिलाको सोही कारणले मृत्यु भयो ।महिला समुदायलाई मुटुरोगसम्बन्धी सचेतना फैलाउन अत्यन्त जरुरी छ किनकि महिलामा मुटुरोगबाट हुने अधिकांश मृत्यु पूर्वलक्षणै नभएका बिरामीको हुन्छ । गर्भावस्थामा पुग्ने उमेरका क्षमता भएका महिलामा मुटुरोग सम्बन्धी समस्या हुने जोखिम कम हुन्छ । तर रजोनिवृत्ति (अङ्ग्रेजीमा मेनोपज) अर्थात् स्थायी रूपमा महिनावारी रोकिएपछि जोखिम यसरी कम रहेको अवस्था हट्छ ।
सामान्य अवस्थामा दुवै लिङ्गमा हुने मुटुरोगका जोखिमका कारक, हाईपर्टेन्सन (सिस्टोलीक रक्तचाप १४० वा बढी भएको अवस्था), डिस्लीपीडीमीया (रक्त संचारमा लीपीडको असामान्य तह), डाईबीटीस (मधुमेह) ः मधुमेह भएका पुरुषहरूको तुलनामा मधुमेह भएका महिलालाई मुटुरोग हुने सम्भावना बढी हुन्छ । ओबेसीटी (अत्यधिक मोटोपन) ,धुम्रपान ः धुम्रपान गर्ने पुरुषको तुलनामा धुम्रपान गर्ने महिलाहरूमा मुटुरोग हुने सम्भावना बढी हुन्छ ।
भौतिक क्रियाकलापरहित जीवनशैली , पारिवारिक इतिहास ,अपर्याप्त पोषण , वातावरणीय प्रदूषण गर्भवती महिलालाई हुने मुटुरोगका गर्भवतीसम्बन्धी जोखिमका कारक प्रिक्लाम्पसीया (हाईपर्टेन्सन डिसअर्डर) , जेस्टेस्नल हाईपर्टेन्सन , जेस्टेस्नल मधुमेह , प्रि–टर्म डेलिभरी (गर्भावस्था ३७ हप्ता पूरा हुनुअघि बच्चा जन्मिनु) , सामान्य वजनभन्दा कम वजनको बच्चा जन्मिनु , प्रत्येक गर्भावस्थामा गर्भपतन , महिलासम्बन्धी मुटुरोगका अन्य जोखिमका कारक , पहिलो महिनावारी ः पहिलो महिनावारी सामान्य उमेरभन्दा अघि हुनसक्छ ।
रजोनिवृत्ति ः रजोनिवृत्ति भएपछि ईस्ट्रोजेनको निम्न तहले साना रक्तनलीहरूमा रोग विकसित हुने जोखिम बढाउँछ । सामान्य उमेर भन्दा अघि रजोनिवृत्ति हुनु । हर्मोनमा आधारित परिवार नियोजन । पोलिसिस्टीक ओभेरीयन सिन्ड्रोम ,अटो–ईम्यून डिसअर्डर ,क्रोनिक ईन्फ्लमेटरी अवस्था ,तनाव ः तनाव र डिप्रेसनले पुरुषको तुलनामा महिलाका मुटुलाई बढी असर गर्छ । डिप्रेसनले स्वास्थ्य जीवनशैली कायम गर्न पनि असहज पार्न सक्छ । ईस्केमिक मुटुरोग (आईएचडी) ः यो पुरुषका तुलनामा महिलामा वृद्ध उमेरमा विकसित हुन्छ । यद्यपि, युवतीहरूमा आईएचडीको दर बढ्दै गएको छ । ईम्पेर्ड ग्लुकोजको दर ः यो पुरुषको तुलनामा महिलामा बढी हुन्छ ।
निद्राका क्रममा हुने अवरोध, डिप्रेसन आदि रजोनिवृत्तिका क्रममा सामान्य हुन् । जुन मुटुरोगको वृद्धिसँग सम्बन्धित भएको पाइन्छ । मुटुरोगको सिकार वृद्ध व्यक्ति मात्र हुन्छन् भन्नु भ्रम स्वस्थ जीवनशैली अपनाएपनि मुटुरोगको जोखिम सबै उमेरका महिलालाई हुन्छ । उमेरका अतिरिक्त मुटुरोगको जोखिम बढाउने कारकमा यी पर्दछन् । गर्भावस्था, धेरै खाना खानु वा अस्वस्थ भोजन गर्नु भौतिक रूपमा शिथिल जीवन शैली हुनु , जन्मावस्थामै मुटुरोगबाट ग्रसित हुनु , ईन्डोजिनस हर्मोन तह, शरीरको तल्लो भागको वजन र उच्च बोसोको अनुपातका कारणले कुनैपनि मुटुरोगको उपचारका क्रममा महिला बिरामीलाई दिइने थेरापीको परिणाम पनि त्यस्तो बिरामीअनुसार फरक हुनसक्छ ।
केही प्रतिवेदनअनुसार एस्पिरिनको प्रयोगबाट महिलामा हुने मस्तिष्कघातविरूद्ध संरक्षणीय प्रभाव भएको भेटिन्छ, तर हृदयघातको सन्दर्भमा भने भेटिंदैन । कोरोनरी मुटुरोगका जोखिम महिलामा हुने कोरोनरी मुटुरोगका प्रमुख जोखिममा यी पर्दछन् ।
धुम्रपान ,हाईपर्टेन्सन ,मधुमेह , ओबेसिटी , अभ्यासरहित जीवनशैली , अपर्याप्त पोषण ,डिस्लीपिडीमिया यी जोखिममध्ये मधुमेह र डिस्लीपिडीमियामा लैङ्गिक अन्तर अवलोकन गरिएको छ ।
दुवै पुरुष र महिला बिरामीका ‘उमेर’ ले जोखिमको गाम्भीर्य निर्धारण गर्छ । यद्यपि महिला सर्वप्रथम कोरोनरी मुटुरोगको बिरामी हुँदा पुरुषको तुलनामा समग्रमा १० वर्षभन्दा बढी उमेरका हुन्छन् । ब्रिटिश हार्ट फाउन्डेसनका तथ्यांकअनुसार वि. सं. २०७८ सालमा विश्वभर करिब ११ करोड पुरुष र ८ करोड महिला कोरोनरी मुटुरोगबाट ग्रसित थिए । कोरोनरी मुटुरोग हुने जोखिमको सर्वाधिक प्रमुख कारक धुम्रपान हो, कैयौं हृदयघात तम्बाकूको प्रयोगबाट हुन्छन् ।