रौशन चौधरी
मंसिर ६ गते ।
रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामजी जोशी अनुसार आफु माथि लागेको समाजिक संजालमा झुठो तथा कपोकल्पित रहोको बताएका छन् । आफुले नियम कानुनको परिधिमा रहेर मात्र काम गर्ने गरेको बताउनु भएको छ ।कटहरिया नगरपालिकामा हाजिर भए देखि कर्मचारीको तलव भत्ता खुवाउने , महिला स्वयंसेविकाको बाकी भत्ता उपलब्ध गराउने , नगरपालिकालाई आवस्यक जनशक्तिको ब्यस्वस्थापन खुल्ला प्रतिस्पर्धा द्वारा गर्न लागिएको तथा हरेक आर्थिक तथा प्रशासनिक गतिबिधी नगर प्रमुख देखि कार्यपालिका सदस्य सबैलाइ राखेर गर्ने गरेको छु ।
आफु नियमित कार्यालय आउदै गरिरहदा केहि राजनेतिककर्मिको लोभमा परेर केहि संचार माध्यमबाट प्रमुख प्रशासकिय अधिकृत कार्यालय नआएर बाहिरबाट चेक काटिरहेको छ भने प्रचारबाजि गरेको र त्यो प्रचारबाजी झुठा र त्यसमा कुनै सत्यता नरहेको दावी गर्नु भयो । कार्यपालिकाको सिफारिसमा आफू निमितको जिम्मेवारी नपाएको प्रस्ट पार्नु हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा स्थानीय सरकार संचालन ऐन २०७४ तथा प्रचलित नियम कानुनको परिधी भित्र रहेर काम गर्नेमा बिस्वस्त हुन संबंधित सवैलाइ आग्रह गर्नु भएको छ ।
बिगत केहि दिन देखि सामाजिक सन्जालमा आफुले आइफोन लिएको देखि आइफोन बाडेको लगायत भ्रामक , कपोलकल्पित कुरा आएकोमा आफू स्तबध भएको गुनासो गर्द सत्य तथ्यमा आधारित भएर लेखी दिन सरोकारवालालाई आग्रह गर्नु भएको छ । देशको आर्थिक अवस्था जटिल मोड्मा रहेको जसकारण संघीय सरकार बाट आउने राजस्व बाडफाडको रकमबाट कर्मचारीको तलब ब्यवस्थापन समेतमा धौ–धौ परि रहेको अवस्थामा महंगा सर–समान ,भडकिला बस्तु खरिद कार्य सम्भव समेत नरहेको बताउनु भएको छ ।
स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीको सरकार रहेको र जनता बाट प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको नीति निर्देशन तथा रेखदेखमा कार्य सम्पादन गर्नु आफू कार्यालय प्रमुखहरुको मुख्य दायित्व रहेको र त्यसै अनुरुप कार्य सम्पादन गरि रहेको दावी गर्नु भएको छ । त्यसतै कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालले केहि मिडियाले आफ्नो स्वार्थ पुरा नहुँदा हुदै नभएको कार्यलाई जनता माझ भ्रम र झुठा प्रचारबाजी गरी गलत कुरा सम्प्रेशन गर्नमा लागेका छन ।
त्यसता केही कथित पत्रकार र संचार मिडियाबाट सावधान हुन नगर प्रमुख जैसवालले आग्रह गर्नु भएका छन । वहाँले भने केहि कथित मिडियाले आफु निर्वाचित भए देखिनै भौतिक पूर्वाधार निर्माण तथा विकासको कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन । तर म भन्नु चाहन्छु कि मिडिया देशको चौथो अंग हो वहाँलाई कसैको प्रलोभन नपरी सत्य तथ्य समाचार जनता माझ पुरयाउन आग्रह गर्नु भयो ।
नगर प्रमुख जैसवालले भने मैले बिगतका बर्षहरुमा जनताहरुको लागी आर्थिक सहयोग, विपद व्यवस्थापन, डिपिआर, कृषि, पिछडिएको वर्गलाई सहयोग, गर्दै आएपनि यस कुराको चारंैतिर फैलाउनुको सट्टा केही मिडियाले आफुलाई बदनाम गर्न खोजेको प्रति आपति जनाएका छन ।
आफु निर्वाचित भएदेखि जनताको हकहितको लागी देखि शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानीमा बिशेष ध्यान दिएको र सोहि सरह काम गरिरहेको पनि बताउनु भयो । आफ्नो स्वार्थ पुर्ति नहुँदा केही कथित मिडियाहरुले म सहित प्रशासकीय अधिकृतलाई बदनाम गर्ने षड्यन्त्र रचेको नगर प्रमुख जैसवालले गम्भिर आरोप लगाए ।
त्यस्तै कटहरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एंम नेपाली कांग्रेसका क्षेत्रीय सभापति सर्फलाल गुप्ताले मैले नगरपालिकाको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कुनै पनि गलत र भ्यावहित कुरा कसैलाई नभनेको प्रष्ट पार्नु भयो । साथै वडाअध्यक्ष गुप्ताले आफ्नो नाम बदनाम गर्ने उदेश्यले केहि मिडियाले गलत प्रचार गरी भ्रम फैलाउने माथि कडा कदम चाल्ने बताउनु भयो ।