अधिकृत पाललाई गापा अध्यक्ष हाजिर हुन नदिएपछि बारागढीमा स्थानीयद्धारा प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ माघ ९, आईतबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

बारा। माघ ०९ गते । बारा जिल्लाको बारागढी गाउँपालिकामा गापा अध्यक्ष देवदत बच्छार थारुले नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका वकिल पाललाई हाजिर गराउन न मानेपछि हाकिमले पाउने सेवा र सुबिधाबाट पाललाई बन्चित गरेपछि सो पालिकामा विवाद उत्पन्न भएको छ ।

गत माघ ४ गते राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंबाट सरुवा भई बारागढी गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत पाललाई गापा अध्यक्ष बच्छारले हाजिर गराउनआनाकानी गरी हाजिर नगराउने गैरजिम्मेबारी पूर्ण जवाफ दिइ हाजिर गराउन नमानेको हुँदा उपाध्यक्ष लक्ष्मी देवी रायले कानुनी तथा विधिवतरुपमा हाजिर गराएपछि, अध्यक्ष बच्छारले हाकिमले प्रयोग गर्दै आएको गाडी कब्जा गरेर,हाकिमले गर्न चाहेको कामकाजमा समेत अवरोध गर्नथालेपछि स्थानीयहरुले आइतबार पालिकाभरी विरोध प्रदर्शन गरेको छ।

बिगत ३ वर्षभन्दा बढी अवधिदेखि लगातार सो गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकिय अधिकृत अमोद चौधरी कामकाज गर्दै आइरहेकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७८ पुस २३ गतेको पत्र अनुसार हालको प्रमुख प्रशासकीय अधिकृत ओकिल प्रसाद पाल सरुवा भएर राष्ट्रिय सतर्कता केन्द्र बाट रमाना भई हाजिर भएपछि आफूहरु प्रमुख प्रशासकीय अधिकृतको रुपमा पाललाई नै मानने गरेको त्यहाँका स्थानीयहरुको भनाइ छ।

मात्र सडक ढलान र ग्रेभल गरेर विकास सम्भाव न रहेकोले हालसम्म सो पालिकामा शिक्षा र स्वास्थ्यको अवस्था पनि एकदमै नाजुक रहेको र गाउँपालिका अध्यक्ष बच्छारले आफूखुसी मनोमानी ढंगले गाउँपालिकालाई चलाई चरम भ्रष्टाचारमा डुबेको साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीसंग सेटिङ मिलाई नातावाद कृपावादलाई बढावा दिई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र आफ्नो बर्चस्व लाद्न खोजी रहेको जनता समाजवादी पार्टीका नेता दायाशंकर प्रसाद रायले बताए।

उनीहरुको अनुसार विगत दुई आर्थिक वर्षदेखि कार्यभार सम्हाल्दै आएको अधिकृत आमोद चौधरी र अध्यक्ष बच्छारले कोरोनाको कालमा पनि पालिकाबाट जनतालाइ केही सहयोग न गरेको र वृद्ध भाता र बालपोषण भाता समेत समयमा दिन न सकेको तर आफ्नो नातामा पर्ने आफन्तहरुलाई विभिन्न बहानामा कार्यक्रम दिएर बजेटको दुरुपयोग गर्दै आएको आरोप लगाउदै गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि, सडक लगायत विभिन्न भौतिक पूर्वाधारहरु पनि बाँकी नै रहेको स्थानीयहरुको भनाइ छ।

प्रदर्शनकारीहरु वडा नम्बर ५ बसतपुर बाट सुरु गरेको प्रदर्शन गाउँपालिका भरी परिक्रमा गर्दै गाउँपालिकाको कार्यालय अगाडि आएर कोणसभा गर्दै गापा अध्यक्ष बचछार उपस्थित न रहेको हुदा उपाध्यक्ष रायलाई ज्ञापनपत्र बुझाउदै बारागढी गाउँपालिकाका सम्पुर्ण सेवाग्राहीहरुलाई सेवाबाट वञ्चित गर्नु कानुनी अपराध रहेकोले तत्काल सम्पूर्ण कामकाज सुचारु गरी विधीको शासन लागू गर्न दिन र प्रमुख प्रशासकीय अधिकृत पाललाई कामकाज गर्नदिन जोडदार माग गरेकोछ।

कार्यक्रमको अध्यक्षता वडा नम्बर १ का वडा अध्यक्ष सुरेश चौधरीले गरेका थिए भने कार्यक्रममा जसपाका युवा नेता दायाशंकर प्रसाद राय,वडा नम्बर ५ का वडा अध्यक्ष मनेजर चौधरी,बारा क्षेत्र १ (क) का बिधायक प्रत्यासी सुरेश बैठा,समाजसेवी अशोक जयस्वाल,युवा नेता नरेश पासवान लगायत हजारौं स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस