अनलाइन सट्टेबाजी खल्ने १७ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २१, मंगलबार (११ महिना अघि)
  • ३० पटक पढिएको
अनलाइन सट्टेबाजी खल्ने १७ जना पक्राउ

काठमाडौँ,२० जेठ। आइपिएल क्रिकेट खेलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौँ र ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, काठमाडौँको धापासीबाट १५ जना र ललितपुरको सनराइज अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा अछाम, कञ्चनपुर, कैलाली, दाङ, डोटी, पूर्व नवलपरासी, रुपन्देहीका नेपाली नागरिकहरू र केही भारतीय नागरिकहरू समेत रहेका छन्। उनीहरू डिजिटल माध्यम प्रयोग गरी सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस