आफ्नै बाबुबाट पीडित बालिकाको उद्धार, आरोपित प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १९, शनिबार (२ दिन अघि)
  • ७२ पटक पढिएको
आफ्नै बाबुबाट पीडित बालिकाको उद्धार, आरोपित प्रहरी नियन्त्रणमा

वीरगञ्ज, १९ वैशाख। आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा किशोरीका बाबुलाई नियन्त्रणमा लिइएको हो ।

बालिका एक वर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बाबुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती बालिका आफ्नै बाबुबाट बलात्कृत भएको खुलेपछि ४९ वर्षीय किशोरीका बाबुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपी किशोरीका बाबुविरुद्ध हाडनातामा जबरजस्ती करणीको मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । पक्राउ परेका बाबुले आफ्नै छोरीलाई २०८२ साउनबाटै बलात्कार गरिरहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पीडित बालिकाकी आमाले दिएको बयान अनुसार छोरीमाथि बलात्कार भइरहेको जानकारी पाए पनि श्रीमानले मार्ने धम्की दिएपछि घटनाबारे भन्न सकेको बताइएको छ । आर्थिक विपन्नताका कारण किशोरीकी आमाले दैनिक कमाउन जानु पर्ने र घरमा बाबुले दैनिक जाँड रक्सी खाएर आफू र छोराछोरीलाई कुटपिट गर्दै आएको आमाको बयान छ । बालिकालाई दैलेखस्थित एक सामाजिक संस्थाको संरक्षणमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नै बाबुको बलात्कारको सिकार बनेकी किशोरीले बाबुको डरले घटनाबारे कतै भन्ने नसकेको बताएकी छिन् । गत साउन महिनादेखि नै छोरी बलात्कारमा परेको बालिकाकी आमाको बयान छ । ‘म महिनावारी भएको बेला छाउगोठमा सुतेको थिएँ । छोरीहरू बाबुसँग सुतेका थिए त्यहीबाट बाबुको कुकृत्य सुरु भएछ’ किशोरीकी आमाको बयान छ । १२ वर्षीय छोरीमाथि आफ्नै बाबुले त्यस्तो गर्लान् भन्ने कल्पना पनि नगरेको उनले बताइन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस