लापसे अवस्थामा स्कुटर चलाउने दुई चालक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (२ महिना अघि)
  • १४५ पटक पढिएको
लापसे अवस्थामा स्कुटर चलाउने दुई चालक पक्राउ

काठमाडौं, २१ वैशाख। भक्तपुरको सानोठिमी क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुई जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मध्यपुर थिमि नगरपालिका-२ स्थित सानोठिमी अगाडि सोमबार गरिएको जाँचका क्रममा दुई जना स्कुटर चालकले लागुपदार्थ सेवन गरेको पुष्टि भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग सानोठिमीको संयुक्त टोलीले सडकमा गुडिरहेका सवारी साधनहरूमाथि निगरानी बढाएको थियो । सो क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले चालकहरूको स्वास्थ्य परीक्षण गर्दा दुई जनाले प्रतिबन्धित लागुपदार्थ सेवन गरेको पाइएको थियो ।

पक्राउ परेका चालकहरूको परिचय गोप्य राखिए पनि उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस