एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ अषाढ २७, सोमबार (३ साल अघि)
  • २६ पटक पढिएको
एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा

स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ । प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो । ‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकाको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन,’ प्रमुख सचेतक भट्टराईले भने । दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस