जसपा केन्द्रीय समितिको बैठकमा सहभागी हुन् अध्यक्ष यादव वीरगञ्जमा, मन्त्री र मेयरले गरे स्वागत

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ अषाढ २८, मंगलबार (३ साल अघि)
  • २७ पटक पढिएको
जसपा केन्द्रीय समितिको बैठकमा सहभागी हुन् अध्यक्ष यादव वीरगञ्जमा, मन्त्री र मेयरले गरे स्वागत

वीरगञ्ज २८ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वीरगञ्ज आइपुगेका छन् ।

बुधबार र बिहीबार हुन लागेको पार्टीको केन्द्रीय समितिको बैठकमा भाग लिन अध्यक्ष यादव एक दिन अगाडि नै वीरगञ्ज आइपुगेका हुन् ।

अध्यक्ष यादवलाई लिन वन तथा वातावरण मन्त्री प्रदीप यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतका नेता कार्यकर्ता सिमरा विमानस्थल पुगेका थिए ।

सिमरा विमानस्थलमा स्वागत गर्दै पार्टीका नेता कार्यकर्ताले अध्यक्ष यादवलाई वीरगञ्ज ल्याएका हुन् ।

भोलिदेखि वीरगञ्जमा बस्ने केन्द्रीय समिति बैठकको तयारीका लागि उनी आजै वीरगञ्ज पुगेको सो पार्टीका केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादवले बताए । केन्द्रीय समितिको तयारीका लागि आज कार्यकारिणी समितिको पनि बैठक बस्ने छ ।

सो बैठकमा केन्द्रीय समितिमा प्रस्तुत हुने एजेन्डालाई अनुमोदन गर्ने बताइएको छ । बैठकमा सहभागीका लागि देशभरबाट नेता तथा कार्यकर्ताहरु हिजोदेखि वीरगञ्ज आउन सुरु भएको छ । 

पार्टीको विवादको बीचमा भइरहेको यो बैठकप्रति पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताको आकर्षण रहेको छ । केन्द्रीय समितिमा नरहेका नेता तथा कार्यकर्ताहरु पनि वीरगञ्ज पुग्न लागेका छन् ।

वीरगञ्जमा जसपाका नेताहरुको चहलपहल बढेको छ । केन्द्रीय सदस्यहरुको लागि पार्टीले बास र खानाको समेत व्यवस्था गरेको छ ।

यता, जसपा बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौँको जडिबुटीमा बस्न लागेको छ । जब कि उपेन्द्र यादव पक्षले विज्ञप्ति जारी गरेर काठमाडौमा जसपाको कुनै पनि बैठक नरहेको जानकारी गराएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस