नेपाली कांग्रेस संसदीय दलको नेताको चुनाव ११ गते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ७, सोमबार (३ घण्टा अघि)
  • ७१ पटक पढिएको
नेपाली कांग्रेस संसदीय दलको नेताको चुनाव ११ गते

काठमाडौं, ०७ वैशाख। नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारी गरेको हो ।

निर्वाचन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारीमा आफूहरू जुटेको जानकारी दिइन् ।

‘आज तालिका प्रकाशन गर्छौँ, ११ गते निर्वाचन गर्ने गरी,’ भुसालले रातोपाटीसँग भनिन्, ‘कार्यतालिकामा ९ गते दलको विधान संशोधनबारे ९ गते नै संशोधित विधानबारे छलफल गरेर पारित गर्ने र ११ गते निर्वाचन गर्ने गरी कार्यतालिका आउँछ ।’

प्रतिनिधिसभाका कांग्रेसका ३८ सांसद छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले दलको नेता चयन गरे पनि कांग्रेसले चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

कांग्रेसमा दलको नेता बन्न भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीसहितका नेताहरू आकाङ्क्षी छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस