उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनपुरुवा क्षेत्रबाट २२ वर्षीय सुनिल चौधरी र १८ वर्षीय हसिव चौधरी ८६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, बेलौरी नगरपालिका–१० दर्सिखल्ला क्षेत्रमा शंकास्पद रूपमा चलिरहेको सुप्रप्रदेश ०२–००३ प २३७३ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक ३२ वर्षीय ईश्वर डगौरा र पछाडि सवार २५ वर्षीय आकाश डगौरा पक्राउ परेका छन्। उनीहरूको साथबाट १० ग्राम ५२० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार सबै घटनामा संलग्न व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय सुदूरपश्चिममा लागुऔषध ओसारपसार र प्रयोग बढ्दो देखिएकाले प्रहरी निगरानी थप कडा बनाइएको जनाएको छ ।


























