विश्वकप लिग-२ मा नेपाल आज ओमानसँग भिड्दै, घरेलु मैदानमा बदला खोजी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (२ घण्टा अघि)
  • ५४ पटक पढिएको
विश्वकप लिग-२ मा नेपाल आज ओमानसँग भिड्दै, घरेलु मैदानमा बदला खोजी

काठमाडौं, २२ वैशाख। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम अर्थात् छैटौँ खेलमा आज आयोजक नेपाल र ओमानबिच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा जारी शृङ्खलालाई एक दिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । घरेलु मैदानको शृङ्खलाका दुई खेलमा जित निकालेको नेपाल एक खेलमा पराजित छ । युएईमाथि दुई जित निकालेको नेपाल यसअघि ओमानसँग पहिलो खेलमा पराजित भएको छ ।

पहिलो खेलमा युएईमाथि ३७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा ओमानसँग १०२ रनले पराजित भएको हो । तेस्रो खेलमा भने नेपालले युएईमाथि ६ रनको सनसनीपूर्ण जित निकालेको थियो ।

घरेलु मैदानमा सिरिजको महत्त्वपूर्ण खेलमा आज ओमानमाथि जित निकाल्दै पर्ने दबाब नेपालमाथि छ । ओमान भने त्रिवि मैदानमा नेपालसँग अहिलेसम्म अपराजित छ ।

लिग २ मा ओमान ३१ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ भने १६ अङ्क मात्र जोडेको नेपाल तालिकाको नवौँ स्थानमा छ । ओमानले अहिलेसम्म लिग–२ अन्तर्गत २७ खेल खेल्दा १४ जित निकालेको छ भने नेपालले २३ खेल खेल्दा सात जित निकालेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस