आगलागी जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अभ्यास

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)
  • ९६ पटक पढिएको
आगलागी जोखिम न्यूनीकरणका लागि विमानस्थलमा अभ्यास

काठमाडौँ, ०३ चैत। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान फायर फाइटिङ (आगलागी नियन्त्रण) सम्बन्धी अभ्यास गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा अभ्यास गरिएको हो । दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्न भन्दै प्राधिकरणले हरेक वर्ष यस्ता अभ्यास गर्दै आएको छ ।

हरेक ठूला विमानस्थलमा यस्तो अभ्यास नियमित रुपमा हुने गर्छ । यस्तो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले समेत अनिवार्य गरेको हुन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस