विराटनगरमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ११, शुक्रबार (१ घण्टा अघि)
  • ९४ पटक पढिएको
विराटनगरमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु

बारा, ११ वैशाख। बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२४ हरपुर बलुवामा आजदेखि ठूलो इस्लामिक धार्मिक सभा ‘इज्तिमा’ सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा नेपाल र भारतसँगै पाकिस्तान र बङ्गलादेशबाट समेत सहभागीहरू आएका छन्।

आयोजकका अनुसार वैशाख १४ गतेसम्म चल्ने यस धार्मिक भेलामा हजारौँ श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा धार्मिक प्रवचन, नमाज तथा इस्लाम धर्मसम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गरिनेछ।

यसअघि सन् २०१९ मा सप्तरीको बोदेबरसैनमा आयोजना गरिएको ‘आलामी तब्लिगी इज्तिमा’ पछि तराई–मधेस क्षेत्रमा साम्प्रदायिक संवेदनशीलता बढेको विश्लेषण सार्वजनिक भएको थियो। सो कार्यक्रममा करिब तीन लाखभन्दा बढी मुस्लिम समुदायको सहभागिता रहेको थियो।

सुरक्षा स्रोतका अनुसार बङ्गलादेश र पाकिस्तानबाट प्रत्येक वर्ष साना समूहमा तब्लिगी जमातका सदस्यहरू नेपाल प्रवेश गरी विभिन्न मस्जिद तथा मदरसामा बस्दै धार्मिक प्रचार–प्रसार गर्ने गरेका छन्।

यसपटकको ‘इज्तिमा’ लाई लक्षित गरी प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ। कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको र कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस