वीरगञ्जमा सशस्त्र प्रहरीको कारबाही, २२ भारतीय ई–स्कुटर जफत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ११, शुक्रबार (१ घण्टा अघि)
  • ६ पटक पढिएको
वीरगञ्जमा सशस्त्र प्रहरीको कारबाही, २२ भारतीय ई–स्कुटर जफत

वीरगञ्ज, ११ वैशाख। सशस्त्र प्रहरी बल नेपाल ले भन्सार राजस्व नतिरी भारतबाट ल्याएर प्रयोग गरिएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा उपलब्ध हुने तथा सवारी चालक अनुमतिपत्र समेत आवश्यक नपर्ने भएकाले वीरगञ्ज र आसपासका स्थानीयले ती स्कुटर खरिद गरी प्रयोग गर्दै आएका थिए।

उनका अनुसार वीरगञ्ज–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगञ्ज–२४ सिर्सिया नाकाबाट ७ थान र बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा नाकाबाट १ थान स्कुटर नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका स्कुटरहरूको कुल मूल्य १७ लाख ३० हजार रुपैयाँ आँकलन गरिएको छ। ती सबै सवारी साधनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस