गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (१ महिना अघि)
  • ११३ पटक पढिएको
गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित हुने

काठमाडौं, ०६ चैत। नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन्। चुनावी पराजयको जिम्मेवारी लिँदै गत बुधबार थापाले सभापति पदबाट राजीनामा दिएका थिए। सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका हुन्।

कांग्रेसले आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठकमा सहभागी हुन उपसभापति शर्मासहित नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय पुगिसकेका छन्। तर सभापतिबाट राजीनामा दिएका थापा भने आज केन्द्रीय समितिमा सहभागी हुने छैनन्। ‘सभापतिज्यू केन्द्रीय समितिमा सहभागी हुनुहुन्न, सम्भवत: उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक चल्छ,’ एक पदाधिकारीले भने।

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा तथा चुनावी पराजय समीक्षालगायत विषयमा छलफल हुनेछ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस