चीनका पूर्व राजदूतहरूको अपिल : संवेदनशील र प्रभावकारी परराष्ट्र नीति आवश्यक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (३ घण्टा अघि)
  • ६४ पटक पढिएको
चीनका पूर्व राजदूतहरूको अपिल : संवेदनशील र प्रभावकारी परराष्ट्र नीति आवश्यक

काठमाडौं, २१ वैशाख। चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले लिम्पियाधुराबारे सरकारले हालै जारी गरेको वक्तव्यको सराहना गरेका छन् । उनीहरुले सोमबार संयुक्त वक्तव्य जारी गर्दै  लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भू–भाग भएको हुँदा मित्र राष्ट्र चीन र भारत नेपालको सार्वभौमिकता प्रति संवेदनशील हुने विश्वास व्यक्त सरकारले जारी गरेको वक्तव्य को सराहना गरेका हुन् ।

साथै पूर्व राजदूतहरूले आफ्नो सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल–चीन दौत्य सम्बन्ध ७० वर्ष पुगेको उपलक्ष्यमा चीनका लागि नेपालका  पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, बिष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त वक्तव्य जारी गरेर धारणा सार्वजनिक गरेका हुन् ।

नेपाल र चीनको युगौँ पुरानो मैत्री सम्बन्धलाई अहिलेको जटिल भू–राजनैतिक चुनौतीकाबिच कसरी अझ प्रगाढ बनाउन सकिन्छ भन्नेबारेमा छलफलपछि जारी वक्तव्यमा नेपालले सधैँ एक चीन नीति दृढतापूर्वक पालना गरेको छ र नेपालको भूमि कुनै पनि मित्रशक्ति विरुद्ध प्रयोग हुन् नदिने नेपाल सरकारले लिँदै आएको  अविचलित प्रतिबद्धता स्मरण गरेका छन् ।

छलफलका क्रममा अहिलेको विश्व परिवेशमा नेपाल र चीनबिच भएका बीआरआई लगायतका सबै आर्थिक, सांस्कृतिक ,शैक्षिक र विकास परियोजनाहरूको शीघ्र  कार्यान्वयन र सञ्चालन गर्न नेपाल दृढतापूर्वक अघि बढ्नुपर्छ भन्ने सबैको एउटै अभिमत आएको डा. मास्केले बताए ।

Capture

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस