सम्पत्ति शुद्धीकरणको छानबिन : मुख्यमन्त्री बानियाँको निवास र कार्यालयमा छापा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (१ घण्टा अघि)
  • ६९ पटक पढिएको
सम्पत्ति शुद्धीकरणको छानबिन : मुख्यमन्त्री बानियाँको निवास र कार्यालयमा छापा

काठमाडौं, २१ वैशाख। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको हो ।

स्रोतका अनुसार, काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको हो ।

विभाग सम्बद्ध स्रोतका अनुसार, उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएपछि अनुसन्धान अघि बढेको थियो ।

उनको घरबाट केही कागजातहरू र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत गरिएको स्रोतले बतायो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए ।

अहिले पनि विभिन्न व्यवसायीक कम्पनीहरूमा उनको लगानी छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस