
काठमाडौं, १८ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित तथा नर्स समेत रहेकी सांसद खिमा बिकले नर्सिङ आन्दोलनपछि तोकिएको तलब नपाएका स्वास्थ्यकर्मीलाई गुनासो दर्ता गर्न आग्रह गरेकी छन्।
उनका अनुसार, बोन्डिङमा कार्यरत स्वास्थ्यकर्मीहरूले पनि यदि सेवा सुविधा नपाएको भए त्यसबारे जानकारी गराउन सक्नेछन्। प्राप्त विवरणका आधारमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी आवश्यक पहल गरिने उनले बताइन्।
सांसद बिकले गुनासो दिने व्यक्तिको पहिचान गोप्य राखिने समेत स्पष्ट पारेकी छन्।
