
काठमाडौं, १२ वैशाख। थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू शनिबार बिहानैदेखि भत्किरहेका छन् ।
सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन लागेको हो ।
यसैबीच शनिबार दिउँसो थापाथली क्षेत्रमा पुन: दुई वटा डोजर थप गरिएको छ ।
बिहानदेखि तीन वटा डोजरले धमाधम बस्तीका संरचनाहरू भत्काइरहेका छन् ।
अहिले पुन: अन्य दुईवटा डोजर थप गरिएको हो ।
थापाथलीमा बिहानैदेखि डोजर चलिरहेको छ भने सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा भने बस्ती खाली हुने प्रक्रियामा छ ।
