दाङमा दुई पुरुषको शव फरक–फरक ठाउँमा फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ८, आईतबार (१ महिना अघि)
  • १५३ पटक पढिएको
दाङमा दुई पुरुषको शव फरक–फरक ठाउँमा फेला

दाङ, ०८ चैत। दाङको दुई छुट्टाछुट्टै ठाउँमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार दिउँसो उनीहरू मृत अवस्थामा फेला परेका हुन् ।

बंगलाचुली गाउँपालिका–६ सिउडेस्थित जंगलमा सोही गाउँपालिका–६ अमारे बस्ने ७० वर्षीय बिष्णु पौडेल र राजपुर गाउँपालिका–७ भैसाही नाकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस