देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ८, आईतबार (१ महिना अघि)
  • १४१ पटक पढिएको
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ

काठमाडौं, ०८ चैत। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका –१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका–१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो ।

यसैगरी, झापाको विर्तामोड नगरपालिका–३ बाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका–१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस