नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ८, आईतबार (१ महिना अघि)
  • १३३ पटक पढिएको
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ

काठमाडौं, ०८ चैत। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। बैठक बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। शुक्रबारदेखि उपसभापति शर्माको सभापतित्वमा शुरु भएको बैठकमा शर्माले हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए।

बैठकमा बोल्ने सबैले सभापति थापाको राजीनामा स्वीकृत गर्न नहुने र चुनावमा हारको कारण सभापति नभएको तर्क गरेका छन्।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस