पर्सामा श्रीमतीमाथि धारिलो हतियार प्रहार, श्रीमान फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १, आईतबार (१ महिना अघि)
  • १२० पटक पढिएको
पर्सामा श्रीमतीमाथि धारिलो हतियार प्रहार, श्रीमान फरार

पर्सा, ०१ चैत। पर्सागढी नगरपालिका–३ बिरुवागुठीमा घरेलु विवादका कारण एक पुरुषले आफ्नै श्रीमतीमाथि कुटपिट गरी धारिलो हतियार प्रहार गरेको घटना सार्वजनिक भएको छ।

स्थानीयका अनुसार बिरुवागुठी निवासी विश्वनाथ सहनीले आफ्नी श्रीमतीलाई कुटपिट गर्दै धारिलो हतियार प्रयोग गरी बायाँ खुट्टामा गम्भीर चोट पुर्‍याएका हुन्। श्रीमान–श्रीमतीबीच के कारणले विवाद भएको भन्ने स्पष्ट नखुले पनि घरायसी किचकिचका कारण रिसको आवेगमा सहनीले यस्तो घटना घटाएको स्थानीयले बताएका छन्।

घटनापछि घाइते महिलालाई तत्काल उपचारका लागि एलएस न्युरो अस्पताल पठाइएको छ।

घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको र आरोपित विश्वनाथ सहनी भने घटनापछि फरार रहेको स्थानीयले बताएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गर्नुका साथै फरार अभियुक्तको खोजी भइरहेको जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस