प्रधानमन्त्री कपको तयारीः जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २५, शुक्रबार (३ महिना अघि)
  • ३४ पटक पढिएको
प्रधानमन्त्री कपको तयारीः जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

काठमाडौं, २५ पुस। प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आजदेखि आउँदाे माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लालाई निर्देशन दिइएको हो।

जिल्ला छनोट प्रतियोगितामा कम्तीमा चार टिम समावेश गरी एक टिमले तीन खेल खेल्नुपर्ने, प्रतियोगिता ५० ओभरको खेलाउनुपर्ने, सहभागी खेलाडीहरूले अनिवार्य रूपमा दर्ता फाराम भरी फोटो समेत टाँस्नुपर्ने जनाइएको छ।

त्यसैगरी छनोट खेलहरूको अनलाइन स्कोर https://cricclubs.com/nepal मा अनिवार्य रूपमा राख्नुपर्ने, प्रतियोगीताको खेल तालिका, सहभागी खेलाडीहरूसहित टिमको नामावली, म्याच रिपोर्ट, स्कोर सिट, प्रतियोगिताका तस्बीरहरूसहित प्रतियोगिता भएको प्रतिवेदन नेपाल क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघमा उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक आठ जिल्ला नेपाल क्रिकेट संघमा आबद्ध छन्। जिल्ला छनोटपछि प्रदेशस्तरीय प्रतियोगिता हुनेछ। राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन गरिँदै आएको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष आउँदाे चैत्र १४ देखि बैशाख ५ गतेसम्म सञ्चालन गर्ने तयारी छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस