फरार रहेका दुई प्रतिवादी प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २, सोमबार (१ महिना अघि)
  • १६६ पटक पढिएको
फरार रहेका दुई प्रतिवादी प्रहरीको नियन्त्रणमा

काठमाडौँ, ०२ चैत। उदयपुर प्रहरीले खोज तलासका क्रममा अवैध वन पैदावारको कारोबार गर्ने र चेक अनादर मुद्दाका २ जना फरार प्रतिवादीलार्य पक्राउ गरी जिल्ला अदालत दरमा बुझाएको छ ।

जिल्ला प्रअरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका वडा नं ०४ स्थितबाट विना इजाजत वन पैदावार खरिद बिक्री तथा ओसारपसार गर्ने र चेक अनादर मुद्दाकासमेत २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित उदयपुर जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं ४ बस्ने वर्ष ५५ को विनोद ठाकुर र सोही स्थान बस्ने वर्ष ३५ की शोभा कुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस