‘बले’माथि अमेरिकामा उजुरी, न्यूयोर्क प्रहरीमा मुद्दा दर्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २६, बिहिबार (२ हप्ता अघि)
  • ११० पटक पढिएको
‘बले’माथि अमेरिकामा उजुरी, न्यूयोर्क प्रहरीमा मुद्दा दर्ता

काठमाडौं, २६ चैत। कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् ।

ती युवतीले मंगलबार प्रहरीमा जाहेरी दिएको काका नाता पर्ने परिवारका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । ती छात्रा न्यूयोर्कको क्विन्समा बस्दै आएकी छिन् ।

त्यहाँस्थित अपार्टमेन्टमा ‘बले’ले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै ती युवतीले फेसबुकमा स्टाटस लेखेकी थिइन् । उनको स्टाटसपछि शनिबार प्रहरीले बलेलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

अहिले अभद्र व्यवहारको मुद्दामा बलेलाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थपेर हिरासतमा राखिएको छ । अभद्र व्यवहारमा सीडीओले बढीमा २५ दिन हिरासतमा राख्न सक्ने प्रावधान छ ।

ती छात्राले आफैंले प्रहरीकहाँ उजुरी दिएको उनको परिवारका सदस्यले बताए । ‘उजुरीपछि नानीलाई अहिले प्रहरीले विशेष निगरानी गरिरहेको छ । सरकारी वकिल, चिकित्सक पनि दिएको छ । सोसल वर्क सुविधा पनि उपलब्ध गराइएको छ । प्रहरीकै निगरानीमा उनको स्वास्थ्यको टेक केयर भैरहेको छ’ ती सदस्यले भने ।

‘घटनास्थल अमेरिकामा र आरोपित नेपालमा भएकाले, अनुसन्धान प्रक्रिया कसरी अघि बढाउने, कता जाहेरी दिने भन्ने परामर्श गर्दागर्दै हामीलाई ढिला भयो’ ती सदस्यले भने, ‘अब अमेरिकाको प्रहरीले नेपाल प्रहरीसँग मिलेर अनुसन्धान प्रक्रिया अघि बढाउला र समन्वय गर्ला भन्ने प्रतीक्षामा छौं ।’

उनले भने, ‘सुरुमा यता गर्ने कि उता गर्ने भन्ने कुरा आइरहेको थियो । परामर्श गर्दागर्दै ढिला भयो । नानीले उता गर्ने निर्णय गरेपछि हामीले पनि सहमति जनाएका हौं ।’

नेपालमा भने जाहेरी दिने वा नदिने भन्ने कुरा निश्चित नभैसकेको पीडित छात्राको परिवारका ती सदस्यले बताए ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस