भ्रष्टाचार मुद्दामा निलम्बित सांसद सिंहको सुनुवाइ रोकियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ९, सोमबार (१ महिना अघि)
  • १३२ पटक पढिएको
भ्रष्टाचार मुद्दामा निलम्बित सांसद सिंहको सुनुवाइ रोकियो

काठमाडौं, ०९ चैत। मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा निलम्बित सांसद सरोज कुमार सिंहसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबार सरकारी वकीलको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित गराइएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र विदुर कोइरालको इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ । उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोग आयोगले लगाएको छ ।

मुद्दा दायर भएका अन्य प्रतिवादीमा रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी रहेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस