
काठमाडौं, १७ चैत। गत निर्वाचनमा पार्टीका उम्मेदवारले उल्लेख्य मत ल्याउन नसकेको नैतिक जिम्मेवारी लिँदै राप्रपाका एक नेताले पदबाट राजीनामा दिएका छन् । राप्रपाका पूर्व केन्द्रीय सदस्यसमेत रहेका र हाल सिन्धुपाल्चोकको मेलम्ची नगरसमिति वडानम्बर १ का वडाध्यक्ष बद्रीप्रसाद चौलागाईले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
चौलागाईले मेलम्ची नगरसमितिका अध्यक्षलाई सम्बोधन गर्दै आफूले राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रमा राप्रपाका गोपीकृष्ण चौलागाई उम्मेदवार बनेका थिए । उनले १६८१ मत प्राप्त गरेका थिए ।

