
काठमाडौं,०४ चैत। भारतको प्रतिष्ठित स्यानेटरीवेयर ब्रान्ड सेराले नेपालमा आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा वीरगञ्जमा आधिकारिक आउटलेट सञ्चालनमा ल्याएको छ । सेरा ब्रान्ड विगत चार दशकभन्दा बढी समयदेखि आफ्नो उत्कृष्ट गुणस्तर, नवीनतम डिजाइन र भरपर्दो प्रदर्शनका लागि विश्वभर चर्चित छ ।
वीरगञ्जको लिङ्क रोडमा जय नेपाल ग्रुप मार्फत जय नेपाल सेनिटरी नामक आउटलेट बुधबारदेखि औपचारिक सञ्चालनमा आएको हो । आउटलेटको उद्घाटन सेराका अन्तर्राष्ट्रिय सेल्सका अध्यक्ष सन्दीप अब्रहामले गरेका छन् ।
उद्घाटन अवसरमा अब्रहामले जय नेपाल सेनीटरी आउटलेटमा सेराको सम्पूर्ण उत्पादन रेन्ज उपलब्ध रहेको जानकारी दिए । अब्रहामले विट्रियस चाइना स्यानेटरीवेयर, क्रोम-प्लेटेड फसेटहरू, वेलनेस प्रोडक्टहरू (जस्तै शावर प्यानल, बाथटब, ज्याकुजी), मिरर, तथा अन्य होम सोलुसन सामग्रीहरू आउटलेटमा उपलब्ध रहेको उनले बताए ।
सेराका उत्पादनहरू विशेष गरी उन्नत प्रविधिका लागि प्रशंसित रहेको दाबी गर्दै अब्रहामले प्रयोगकर्ताहरूले टिकाउ, भरपर्दो र आधुनिक डिजाइनका लागि पनि सेरालाई उपयुक्त ठान्ने बताए । सेराका उत्पादनहरूले कठोर प्रयोगलाई पनि राम्रोसँग थेग्ने र स-साना बाथरुमहरूलाई पनि स्टाइलिस र कार्यात्मक बनाउने उनको भनाइ थियो ।
भारतसहित मध्यपूर्व र अफ्रिकी मुलुकहरूमा पहिले नै विस्तार गरिसकेको सेराले अब नेपालमा पनि गुणस्तरीय विकल्प उपलब्ध गराउने लक्ष्य राखेको अब्राहमले जानकारी दिए । उनले नेपालमा आगामी वर्षहरूमा पनि सेराले बजार विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
जय नेपाल ग्रुपका संस्थापक मनोज रौनियारले आउटलेट वीरगञ्ज मात्र नभई सम्पूर्ण मधेस प्रदेशका लागि सेराको आधिकारिक विक्रेता तथा वितरकको रूपमा काम गर्ने जानकारी दिए । विगत तीन दशकभन्दा बढी समयदेखि निर्माण सामग्रीको क्षेत्रमा सक्रिय जय नेपाल ग्रुपले सेरासँगको साझेदारीमार्फत नयाँ उचाइ प्राप्त गरेको उनको भनाइ छ । उनले आउटलेटमा हरेक आर्थिक वर्गका ग्राहकलाई लक्षित गरी विभिन्न मूल्य तहका सामग्री उपलब्ध रहेको पनि बताए । त्यस्तै उनले सेराले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने भएकोले ग्राहकहरूलाई ढुक्क भएर खरिद गर्न पनि आग्रह गरे । सेराको आफ्टर सेल्स सर्भिस अन्य ब्रान्डहरूभन्दा उत्कृष्ट हुने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “ग्राहकले एक पटक सेराको उत्पादनको गुणस्तर, टिकाउपन र सजिलो मर्मत अनुभव गरेपछि फेरि यही ब्रान्ड रोज्ने गर्छन् ।”
सेराको विस्तारले नेपालको निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्रमा प्रिमियम गुणस्तर र नवीन प्रविधियुक्त विकल्प थपिएको छ । वीरगञ्ज तथा आसपासका ग्राहकहरूले अब सजिलै उच्च गुणस्तरका स्यानेटरीवेयर तथा बाथरुम फिटिङ्स प्राप्त गर्न सक्ने छन् ।
उद्घाटन कार्यक्रममा सेराका राष्ट्रिय सेल्स प्रबन्धक दीपक राज अधिकारी, क्षेत्रीय सेल्स प्रबन्धक बैजु कुमार साहलगायतको उपस्थिति रहेको थियो ।
