वीरगञ्ज घण्टाघर चोकबाट मोटरसाइकल चोरी, सिसिटिभी निष्क्रिय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (२ घण्टा अघि)
  • ९१ पटक पढिएको
वीरगञ्ज घण्टाघर चोकबाट मोटरसाइकल चोरी, सिसिटिभी निष्क्रिय

वीरगञ्ज, १८ वैशाख। वीरगञ्जको व्यस्त घण्टाघर चोकबाट एक युवा उद्यमीको मोटरसाइकल चोरी भएको छ ।

बिहीबार साँझ स्थानीय युवा उद्यमी तुषार अग्रवालको यामाहा कम्पनीको निलो रङको एफजेड मोटरसाइकल घण्टाघर चोकस्थित नेपाल टेलिकम अगाडिको पार्किङ स्थानबाट चोरी भएको हो ।

अग्रवालका कर्मचारीले केही सामग्री किन्नका लागि मोटरसाइकल त्यहाँ पार्क गरेर गएका थिए । फर्किएर आएपछि मोटरसाइकल हराएको देखेपछि उनीहरूले तुरुन्तै खोजतलास गरेका थिए । घटनाबारे प्रहरीलाई जानकारी गराइएको अग्रवालले बताएका छन् । मोटरसाइकलको नम्बर प्रदेश २-०३-००६-प-५८३८ रहेको छ ।

प्रहरीलाई मोटरसाइकल खोजीमा कठिनाइ भएको बुझिएको छ । वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा क्षति पुग्दा मुख्य सडकमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामेराहरू काम नगर्दा प्रहरीलाई मोटरसाइकल खोज्न कठिनाइ भइरहेको पाइएको छ । क्यामेराहरू काम नगर्दा चोरीका घटनाको अनुसन्धान गर्न प्रहरीलाई चुनौती थपिएको छ ।

पछिल्लो समय वीरगञ्जमा मोटरसाइकल चोरीका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको स्थानीयहरू बताउँछन् । व्यस्त चोक, बजार क्षेत्र र पार्किङ स्थलहरूबाट बारम्बार मोटरसाइकल हराउने गरेका छन् ।

प्रहरीले चोरी भएको मोटरसाइकल फेला पार्न तीव्र खोजी गरिरहेको छ । मोटरसाइकलको विषयमा जानकारी हुने व्यक्तिलाई नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

घटनाले वीरगञ्जमा सुरक्षा व्यवस्था र सिसिटिभी प्रणालीको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस