संसद्को उद्घाटन बैठकमा प्रचण्डको सम्बोधन नहुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १९, बिहिबार (३ हप्ता अघि)
  • १२४ पटक पढिएको
संसद्को उद्घाटन बैठकमा प्रचण्डको सम्बोधन नहुने

काठमाडौं, १९ चैत। निर्वाचनपछि प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् ।

पार्टीको तर्फबाट नेता वर्षमान पुनले सम्बोधन गर्ने केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए । पहिलो दिनको बैठकमा शुभकामना मात्रै दिने भएकाले पार्टीको तर्फबाट पुनले सम्बोधन गर्ने आचार्यले बताए ।

‘पूर्वप्रधानमन्त्रीको हैसियतले उहाँले जुनसुकै बेला पनि बोल्न पाउने विगतको संसदीय अभ्यास छ । आजको बैठकमा शुभकामना मात्र दिने कार्यक्रम भएकाले पार्टीको तर्फबाट वर्षमान पुनले सम्बोधन गर्नुहुन्छ’, रातोपाटीसँग उनले भने ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस