सिंहदरबार परिसरको नयाँ गुरुयोजना पारित, प्रवेश व्यवस्थामा सुधारको अपेक्षा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (३ घण्टा अघि)
  • ६३ पटक पढिएको
सिंहदरबार परिसरको नयाँ गुरुयोजना पारित, प्रवेश व्यवस्थामा सुधारको अपेक्षा

काठमाडौं, २१ वैशाख। सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यस गुरुयोजनामा संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको छ ।

बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘सिंहदरबारको एउटा गुरुयोजना निर्माण भएको छ, भित्रको आन्तरिक कुरा अलि व्यवस्थित बनाउनका लागि हो । प्रवेशका लागि सहजीकरण गर्नका लागि हो ।’

मन्त्री पोखरेलले यसमा केके विषय छन् भन्ने विस्तृतमा खुलाएनन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस