प्रदीप दास। गरुडा। चैत्र ०६ गते।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका कर्मठ ,निडर ,सुशील एबम युवा समाजसेवी नेता नसरुदीन अन्सारीले एक महात्मा बाबालाई नगद रू दश हजार पांच सय दान स्वरूप हस्तान्तर गर्नुभएको छ।
कटहरिया नगरपालिका वडा नं ५ निवासी समाज क्षेत्रमा छुटै पहिचान कमाउनु भएका समाज सेवी यूवा नेता नसरुद्दीन अंसारीले महन्थ बाबा श्री राम बालक दास बैरागीलाई हरिद्वार महाकुंममा सहभागी हुन् का लागि नगद रू दश हजार पांच सय सहयोग गर्नुभएका छन। यही आउँदो चैत्र ३० गतेका दिन रौतहटबाट भारतको धार्मिक पर्यटकिय स्थल हरिद्वारको लागि करिब एक डेढ सय जना साधुसंत महात्माको साथ प्रस्थान गर्ने योजना रहेको महन्थ बाबाले बताउनु भएको हो । उक्त बाबाले समाजसेवी यूवा नेता नसरुद्दीन अंसारीलाई आगमी दिनमा अझ उतरोत्तर प्रगति होस् भनि आशिर्वाद समेत दिनुभएको कटहरिया नगरपालिकाका नगर उप(प्रमुखका सहयोगी रामआधार यादवले जानकारी गराउनु भएको छ।
Listen to this article
0:00
1:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Welcome back
Log in with your username or email address.