उपेन्द्र गोले । रौतहट २ जेठ ।
रौतहट प्रहरीले चोरीका सवारी साधनहरु नियन्त्रण गर्ने क्रम बढ्दै गएको छ । रौतहटमा पछिल्लो समय मोटरसाइकलदेखि स्कारपयिो , पिकप भ्यान लगायतका सवारी साधनहरु चोरी हुने क्रम त्रढ्दै जान थालेको र चोरीका ति सवारी साधनहरु नियन्त्रणमा लिने क्रम समेत बढ्दै गएको छ । गत बैशाख २८ गते रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर १ बलेरीखोर बस्ने राजदेव राउतको घरबाटै ना २७ प नं. को कालो रंगको सुपर स्पेन्डर मोटरसाइकल चोरी भएको थियो । सो मोटरसाइकल चोरी भएको उजुरी इलाका प्रहरी कार्यालय गरुडामा प्राप्त हुनासाथ चोरी भएको मोटरसाईकल खोजतलास गर्दै जाने क्रममा बैशाख गते नै फ्ला पारेको थियो । रौतहटकोगरुडा नगरपालिकाको वडा नं.४ स्थित सडक खण्डमा चेकजाँचको क्रममा वृन्दावनको वडा नं.१ बलरीखोर टोल बस्ने बर्ष २० का सुनिल पटेलले चलाई लिई आएको अवस्थामा प्रहरीले मोटरसाइकलसहित चोरी गर्ने चोर समेत पक्राउ गरेको थियो । निज पटेललाई सोधपुछ गर्दा निजले मोटरसाईकलको तार चुडाई चोरी गरी ल्याएको भनि स्वीकार गरेका थिए । पक्राउ परेका पटेललाई आइतबार रौतहट जिल्ला अदालत गौरबाट पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
Listen to this article
0:00
2:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead
Log in with an email code
No password needed — we'll email you a 6-digit code and a one-click login button.
Log in with a password instead