मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारराति २:२६
१३ मंसिर २०८३ आइतबारराति २:२६ Sunday, November २९, २०२६

गरुडा प्रहरीद्धारा ठुलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट

शेयर००
Listen to this article
2 min listen · 190 words0:00 / 2:00
0:00
2:00


ओम प्रकाश यादव । रौतहट । बैशाख १४ गते
रौतहट प्रहरीले आज ठुलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडाले विभिन्न मिति र समयमा बरामद गरेको २ सय ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
गौर चन्द्रनिगाहपुर सडक खण्डमा चल्ने सवारी साधन चेकजाँचको क्रममा बरामद गरिएको उक्त अवैध घरेलु तयारी मदिरा खाल्डोमा पुरेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
गरुडा प्रहरी र यस कार्यालय मातहत रहेको प्रहरी चौकीका प्रहरी टोलीले विभिन्न मिति र समयमा सवारी साधनबाट संकलन गरेर १६ वटा ग्यालेनमा राखिएको अबैध मदिरा नष्ट गरिएको गरुडा प्रहरीले जनाएको छ ।
सवारी साधनबाट मदिरा ओसारपसार गर्नेहरुबाट नियन्त्रमा लिई आज साँझ ५ बजेको समयमा ईलाका प्रशासन कार्यालय गरुडा, गरुडा नगरपालिका, कर सेवा कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रतिनिधी, स्थानिय भद्रभलादमी र संचारकर्मीहरुको रोहवरमा सामाजिक दुरी कायम गरी बरामद मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनुभएको छ ।
घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विकृति फैलिरहेको भन्दै प्रहरीले कडाइ गरेको छ ।
घरेलु मदिराको कारण थुप्रै घरेलु हिंसा, अपराध, चोरी डकैती र बलात्कार जस्ता घटना बढ्ने भन्दै अबैध मदिरा निन्त्रणमा कडाई गरेको गरुडाका डिएसपी रावलले जानकारी दिनुभयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code